बगरछेउ
September 5, 2010आकाश छुने सपना
September 5, 2010Final Trail to Respond the Ball
May 17, 2010आऊ, माटो छँदै रोऔँ
January 21, 2007कतिकतिखेर चल्ने हावालाई लामखुट्टेले बेलाबेलामा माथ खुवाइदिन्छ । भुँ…भुँ…भुँ… । बिघ्न तातो मौसममा बिघ्न ताता ‘लामखुट्टे’- साइरन बजाउँदै घरि यता टोक्छन्- घरि उता । छिप्पिनसकेको रात । लू लाग्ने तातो हावामा एकरित्त आनन्दको अनुभूति छैन । ‘जानेबेला भइसक्यो, कतिखेर हो …?’
धेरैबेरदेखि मडारिएको सन्नाटाको ‘सिकञ्जा’ तोड्छिन् भाउजू । जोवन हराइसकेका आँखाको लाली फिर्न नसके पनि मनभरि सपना सजाउन कताकता आनन्द मान्छन् रामुदाइ ।
‘अँ जानुपर्ला, जून पनि त गैसक्यो अब …’
एकछिन न रामुदाइ बोल्छन्, न भाउजू बोल्छिन् । राति खान भनी राखेको ब्रुफिन त्यसै खित्त हाँसिरहेछ । खुट्टाको घाउ सहिनसक्नु गरी चहर्याइरहेछ ।
‘बा कत्थेल दान्थौ ?’
‘जानुपर्ला विस्तारै..’
‘बित्तुत ल्याइदे है -….’
‘हुन्छ हुन्छ ल्याइदिम्ला..’ शब्द गनीगनी उत्तर फर्काउँछन् रामुदाइ । एकनजर छोरोमाथि दौडाउँछन्– नाकभरि सिँगान, हातमा स–साना विविरा अनि कञ्चनमा हिजोराति पोलेको घाउ । अबोध छोरो खिस्स हाँसिरहन्छ बेलाबेलामा । राति घाउ दुःखेर उधुमले कराएथ्यो छोरो । विस्कुट ल्याइदिन्छु भनेपछि चूप लाग्यो राति– बिहान त ल्याइदिनै पर्छ । उनी चूपचाप छोरो पढिरहन्छन्– भोलिको देशको कर्णधार घाउले बेहाल छ । छट्पटिएको देशको कर्णधार ! औषधि खान नपाएको कर्णधार वेस्मारी दुख्न थालेपछि आमाको काखमा लुटपुटिन जान्छ । एकटक छोरोमाथि छ आँखा । बोल्न सक्दैनन्, हाँस्न सक्दैनन्– हराइसकेको हाँसो । खुट्टाको घाउ उसैगरी चहर्याइरहेछ अझै पनि ।
‘दबाई खाइनौ ?’ भाउजू मौनव्रत तोड्छिन् ।
‘भुल्लेछु’
‘दबाई खान पनि भुल्ने मान्छे त कामका छैनौ’ भाउजु भनिरहे । रामुदाइ सुनिरहे ।
‘काममा जान सक्दिन क्या हो’
‘के खाने हो भरे -’
‘खोलापारि सिस्नो छ, लिएर आइज । म पीठो खोजेर ल्याम्ला ।’ ‘कति दिन चल्छ यसरी ?’ ‘चल्ने बेरसम्म चलाम्, नचले देखाजाला …’एकछिनको वाकयुद्ध । सानो फिष्टेले विस्कुट विस्कुट भनेर उधुमले महाभारत चलाएको छ । किन्न सक्दैनन् । पैसा भए एककिलो पीठो ल्याएर पेट पाल्थे उनी । फिष्टेले त्यो बुझ्दैन– उसलाई त बस् विस्कुट चाहिएको छ– विस्कुट ।पुकार खाएर राता भएका दाँत जोडले घोट्छन् । कुल्ला गर्छन् । फिष्टे कतिखेर हाँस्छ, कतिखेर रुन्छ । विस्कुट खाने लालसाले रातिदेखि उधुमले उफ्रिएको छ । कन्चटको घाउ उसका लागि केही हैन– मानौ ऊ जंगलको सिंह हो– अरु सबै इतर । उसले भोलि देश बनाउँछ । समय बेफ्वाँकले हाँस्यो । धिपधिप टुकीको धिपधिप उज्यालो । रामुदाइ । भाउजू । फिष्टे । र, नअघाएका लामखुट्टे । भित्तामा ३ वर्षघिको क्यालेण्डरले पनि उनीहरुलाई हेदै गिज्याउँदै गर्छ । खोलापारिबाट ल्याएको सिस्नो भक्भक उम्लन्छ, यता पीठोको जोहो गर्न नसकेकोले भाउजू अघिदेखि नै फत्फताइरहेकी छन् । ‘सधैं यस्तै अनिकालमा बाँच्ने हो ?’रकेटलञ्चरभन्दा छिटो शब्दबाणले सोझै रामुदाइलाई ताक्छ ।’मागेर ल्याउन सकिनौ ?”माग्न इमानले दिन्न फिष्टेकी आमा….’घाउ सुम्सुम्याउँछन् । ब्रुफिन खाएपछि अलि बिसेक भएको छ घाउ ।
घुँ … घुँ …. घुँ …. घुँ । लामखुट्टेको साम्राज्य अद्यापि छ ।
‘पट्टीसट्टी लाएर बिहानै जाऊ तिमी सक्दैनौ भने मै जान्छु भारी बोक्न…’
बढी सुन्न सक्दैनन् । नखाएरै सिस्नोले पोल्यो रामुदाइलाई । फिष्टे पनि घरिघरि च्याँच्याँ गरिरहन्छ ।
‘भोलि त जान्छु जान्छु’
‘कहिले आउँछ भोलि ?’
‘आउँछ लोकी आउँछ– गरीबको भोलि पनि आउँछ ।’
‘जुनी बितिसक्यो भोलि कहिले नआएको ….’
सुनिरहन्छन् । गमिरहन्छन् । भाउजूले नदेख्ने गरी आँखाबाट शीत र्झछन् तप्प … तप्प … । घाउभन्दा उधुमले मन दुख्यो । देशको कर्णधार र कर्णधारकी जननी आधा पेटमै रातसँग पैठेजोरी खेलिरहेछन् । एकबार आफैले आफैलाई पढ्छन्– अनिकालमै जीवन गयो, अब त ट्रयाकसुट फेर्नुपर्छ मैले, अब त फिष्टेलाई कखरा सिकाउनुपर्छ मैले …. । यावत । मनमै बिलाए सपना । भाउजूको च्यातिएको चोलो पनि खित्त हाँस्यो ।
(आऊ एकपटक आफ्नो लागि रोऔं । … केबल आँखा फट्टाएर हेरिरहन्छौं । …. हामी खुबै रोऔं । शीरफूल झारिएका मनहरु । यसपालि धित मरुञ्जेल रोऔं । रोऔं आफ्नो लागि, देशको लागि, जनताको लागि र नेपालीको लागि अनि भोलिको लागि । रोऔं भककानिएर ताकि हाम्रो आँसुको बाढीले बगाओस् यो सिंगो रात । आओस् एउटा सुन्दर दिन । नरोएर कहाँ के भएको छ र – माटो नै रहेन भने कहाँ खसाल्ने आँसु । आऊ– आफ्नो माटो छँदै रोऔं …….।तसलिमा नसरिनसँग सापटी मागेथे– नवीन विभाषले । म नवीन विभाषसँग सापटी माग्दै एक अनुच्छेद रोइदिन्छु । एकझल्को अनिकालका रामुदाइको नाममा । एक झल्को कर्णधारको नाममा । अनि एकझल्को भाउजूको नाममा । )
‘मनको घाउ निको हुँदैन कहिल्यै”हुन्छ रामुदाइ हुन्छ… एकबार निको हुन्छ तिम्रो मनको घाउ …’ ड्रामाटिक मोनोलग ।
यस्तै मोनोलगमा म पनि गम्छु एकबार ।
‘अनि भारीको के छ त खबर ?’
‘उस्तै हो, खुट्टा चले भारी पनि बोक्छु …’
‘तिमीजस्तै थला परेको छ देश, देश कहिले बोक्छौ ?’
आदर्शका कुरा हुन् तर आदर्श होइन ।
‘सकुँला देश बोक्न ?’
‘आफ्नो माटो छउञ्जेल सक्छौ बोक्न…’
‘खै कहाँ छ मेरो माटो -’
‘यै हो तिम्रो माटो र यै हो तिम्रो घर …’ बगरतिर इङ्गति गर्छु …
‘त्यै माटो पनि मेरो छैन ऐले’
‘हुन्छ, एकबार अवश्य हुन्छ रामुदाइ । बस् तिमी सुन्दर सपना देख्दै जाऊ, सुन्दर घर बन्छ बन्छ ।’
उस्तै उम्सो गरिरहेछ । रामुदाइका कथा ‘कलमको सुपो’मा निफन्दै जान्छु । अलिअलि चल्ने पंखाको हावाले अहँ लामखुट्टेको साम्राज्य भत्काउन सक्दैन । तैपनि लाली हराएका रामुदाइको जीवनमा कालो बादलको साम्राज्य फैलन दिन्न । आऊ रामुदाइ…… हाम्रो माटो छँदै रोऔं बेस्मारी ……।
रङबिनाका जीवनहरु
November 26, 2006टिरङ……टिरिङ………टिरिङ‘हलो’
‘हजुर …….. ए हुन्छ ल’
‘ए……. दर्ुगा….. फोन छ…..’
घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा । ..अघि जुरुक्क उठ्छु… पछि थचक्क बस्छु । यसपालि पनि बजेन घण्टी- मेरो लागि …. ।
‘रोल्पा जानर्ुपर्छ अब त, यता बसेर हुने छाँटकाँट देखिन्न ….’ एकछिनको अन्तरालपछि सुस्तरी बोल्छन्- रामुदाइ ।
-यी अर्का रामुदाइ हुन्- रामचन्द्र श्रेष्ठ, मेरो नजरका एउटा शालीन कलाकार । अरुले के सोंच्छन्- थाहा छैन)
‘तपाइँको आर्ट सुन्दर छ, सुन्दर आर्ट कोर्नूस्- त्यसैमा जीवन फल्छ…’
‘पत्याउनै छाडे, यस्ताले पनि के बनाउँछ भन्दै हृयाप्याजस्तो गर्छन् यता, विरक्तै लाग्छ’
‘संर्घष्ा भनेको त्यही त हो, दिन त कमिलाको पनि आउँछ, हामी त मान्छे हौं अझ …..’
जोडले बोल्छु -कान अलि कम सुन्छन् रामुदाइ)
‘हुन्न, सकिन्न बस्न । यता थोरै काम छ, भ्याएर जान्छु, जान्छु’
खुइलिसकेको तालु टलक्क टल्किन्छ घाममा । झोलामा बनाइसकेका चित्रहरु एकएक चाँजिएका छन् । राता, पहेंला, हरिया….. अनौठो रंगीन जीवन छ झोलाभित्र । जीवन त्यति रंगीन पनि हुन्छ कलामा । हप्तौं लगाएर बनाएका रंगीन चित्र देखाउँछन् झोलाभित्रबाट- ‘हाम्रो जीवन यस्तो रंगीन हुन सक्दैन कहिल्यै ।’ झोलाबाहिर निन्याउरो मुख लगाएका उही रामुदाइ चुक्चुकाइरहेछन् ।
टिरङ……टिरिङ………टिरिङ
झसंग हुन्छु । बोलिरहेका रामुदाइ के बोलिरहेछन्- पत्तो पाउँदिन क्षणभर ।
‘हलो’
‘हजुर ……..’
अघि र पछिको रीत फेरि दोहोरिन्छ अफिसमा । टिरिङ …. टिरिङ ….. । बसिरहेको मन जुरुक्क उठ्छ । ढोका उघार्छु । -सोंच्छु- यसपालि त आयो नै) ।
‘आयो -’
‘काँ …. त्रि्रो हैन, शंकर दाइलाई बोलाइदेऊ न’
-सोंच्छु- गिज्याइरहेको दर्ुगाको नाकमा जोडले हान्दिउँ । फेरि सोंच्छु- उसको नाक भाँचे उसको काम पनि मैले नै गर्नुपर्छ, भो छाडिदिउँ….)
खिसिक्क हाँस्छु -देख्छन् सबै) ।
‘ए….. शंकरदाइ…….. फोन छ’
गजक्क परेर शंकर दाइ फोन उठाउँछन् । झनक्क हुन्छु क्षणभर । मस्किदै चश्मा मिलाउँछन् शंकरदाइ । लाग्छ- उनी मलाई गिज्याइरहेछन् ।
‘हलो…… हजुर’
-मलाई पनि उनीजस्तै हलो… गर्ने मन छ एकबार । एकबार उसैगरी मसक्क मस्किन मन छ मलाई पनि)
म पनि मस्किन थाले छेउँमा बसेका रामुदाइको कथा सुन्छ कसले -
वरिपरि हर्ेर्छर्ुुरामुदाइ -उनको आर्टले मेरो मन छोएको छ) आफ्नो आर्टको विषय खोज्दै कल्पिरहेछन् एकनासले । झोलाभित्रको उही रंगीन चित्र सोंच्छु- उनको जीवन पनि यस्तै रंगीन कहिले हु्रन्छ – उनका हातले अर्काको जीवन कोर्छ मात्रै -
‘आफू एक्लै भए त हुन्थ्यो, तिनी दर्ुइटा छोरालाई कसरी पाल्ने – उफ्….. जीवन जीउन साह्रै गाह्रो छ ….’
-बुझ्छु- जीवन त्योभन्दा पनि गाह्रो छ)
जीवनका कभर निकाल्छन् । एक…दर्ुइ….तीन…. ।
‘यत्ति बनाएर जीवन चल्छ र -’
-म भन्न सक्दिन- चल्छ पनि, चल्दैन पनि)
‘जीवन पनि त कला हो नि । तपाइँले त जीवनलाई बुझ्नुभएको छ । सुन्दर जीवन त तपाइँकै हातमा छ ।’
बुझेजस्तो गर्छन् । उनलाई पनि थाहा छ, मलाई पनि थाहा छ- महिनामा ४ वटा पेन्टिङले मात्रै उनलाई खान पुग्दैन । त्योभन्दा बेसी उनले कोर्नुपर्छ- जीवन फर्ेन ।
‘तर कसले बुझ्छ र आर्टको महत्व यहाँ – पैलापैला त युगबोधले पनि चित्र छाप्दिन्थ्यो, ऐले त त्यो पनि छैन….’
-उनले युगबोधमा चित्र छपाउँदा म भर्खर पत्रिकामा बामे र्सर्दै थिएँ । उतिबेलादेखि उनी उस्तै छन् अहिलेसम्म- निन्याउरो तर सुन्दर सपना आँखाभरि)
‘कलाकारको सबैभन्दा ठूलो धन त उसको सिर्जना हो । यो मानेमा तपाइँ त धेरै धनी हुनुहुन्छ सिर्जनाको…. धनसम्पत्ति त आज छन्, भोलि छैनन्….’
-यो पनि थाहा छ- यस्ता कुरा शब्दमा राम्रा छन्, जीवन त्योभन्दा पनि गाह्रो छ)
टिरङ……टिरिङ………टिरिङ
रामुदाइले बुझिसके- घण्टी बजे कुरा मेट्नर्ुपर्छ क्षणभर । -सरी है …-!)
टिरङ……टिरिङ………टिरिङ
-लाग्छ यसपालि मेरैलागि हो- टिरङ……टिरिङ………टिरिङ)
दौड्दै न्यूज डेस्क पुग्छु । दर्ुगा अघिदेखि मस्किरहेछ ।
इशारामै सोध्छु- इशारामै टाउको हल्लाउँछ दर्ुगाले ।
‘शंकर दाइ……… भाउजूको फोन छ ……….’
-एकतमासले फोन उठाएको हर्ेर्छर्ुुरिसैरिस)
रिस उठ्नु स्वाभाविक हुनसक्छ शायद । लाग्छ- म पनि उनै शंकरदाइ हुन पाउँ एकछिन ।
‘के भो टाउकामा -’
‘ढोका खोल्दा लाग्यो’
-धेरै बेरसम्म दुखिरहृयो टाउको)
‘कसैको फोन आउँदैछ र -’
नचाहेरै सोधेजस्तो लाग्यो-
‘हैन काम थ्यो, त्यसैले’
पत्याएनन् -नपत्याए केही छैन)
‘अनि कैले लाग्ने हो तो रोल्पातिर -’
‘हेरम्….. एकदर्ुइटा चित्र बनाएर दिनुपर्ने छ…. सकेपछि जानुपर्ला ….’
-तिमी नजाऊ रामुदाइ, यहाँ त्रि्रै खाँचो छ । हराइसकेको संवेदना तिमीबाहेक अरु कसले बुझ्छ र यहाँ -!)
तर जानर्ुपर्छ उनलाई ।
-अब त क्यानभास किन्ने पैसा पनि छैन- भनिरहन्छन् रामुदाइ, सुनिरहन्छु म)
‘तपाइँको रामुदाइको कथा एब्स्टूयाक्ट छ, मलाई पनि लेखुँलेखुँ लाग्यो त त्यस्तै….’
-त्यो पनि तिमै कथा हो रामुदाइ)
‘म रामुदाइका कथा लेख्छु- तपाइँ रामुदाइका चित्र कोर्नुुस् । संवेदना हराएका जीवनमा रंगीन क्यानभास सजाउँ हामी’
-तर हाम्रो जीवन फेरिन्न- यस्तै हौं हामी, घस्रिरहेका झुसिल्कीरा)
टिरङ……टिरिङ………टिरिङ
-घण्टी बजिरहन्छ अनवरत । लागिरहन्छ- यसपालि त मेरै हो त्यो टिरिङ…..टिरिङ……)
हत्तपत्त उठाउँछु फोन ।
‘हजुर…….कस्लाई खोज्नुभएको -’
‘हलो हजुर…….. एउटा विज्ञापन छपाउन थ्यो……’
‘एकछिन् है ……..’
‘शंकरदाइ………. विज्ञापन आयो…….!’
-थामिनसक्नुको रिस उठ्छ मनमा फेरि । पैसा आउने लालसाले गजक्क परेका शंकरदाइ मलाई उसैगरी गिज्याउँछन् फेरि)
तर त्योभन्दा पनि बेग्लै परिवेश छ भित्र- निन्याउरा रामुदाइलाई एकबार धाप मार्छर्ुु’कमल पनि हिलोमा फुल्छ- हामी पनि त्यै हिलोबाट फुल्नर्ुपर्छ अब ।
नोभेम्बर २८, २००५
निमेषभरको एउटा हाँसो
July 3, 2006धेरै दिनपछि आज भाउजू हाँसिन् । धेरै भइसक्यो भाउजूको हाँसो हराइसकेको । लाग्छ- संसारबाट हाँसो हराइसक्यो उहिल्यै । मुजा पर्न लागिसकेका गालाका डिलमा धेरै दिनपछि हाँसोले स्वागत पायो । खेलावारिको कटेरामा त्यो हाँसो कति टिक्छ, यसै भन्न सकिन्न । तर, हाँसो क्रमशः ट्वाकट्वाकसँगै हरायो ।‘ए लोकी ! रामे कता गए -’परैबाट ट्युरीले एकबार हाँक हालिन् ।भाउजूलाई कहिल्यै लागेन- ट्युरी उनीसँग बोलोस् । तीजको दिनदेखि किनकिन विरक्तै लागेर उनले सरापेथिन ट्युरीलाई । आज एकबार फेरि ट्युरीले उनको स्वाभिमानमाथि फालो अड्काई । ट्युरी पनि लोकी भाउजूजस्तै हो- सपना सँगाल्ने मनभरि । उसका स्वामी पनि रामुदाइजस्तै जीवन जीउँछन् । बिहान-दिउँसो-साँझ ट्वाकट्वाक, ट्वाकट्वाक अनि ट्वाकट्वाक । तरपनि ट्युरी उनका लागि वर्गीय दुश्मन हो जसले हरेक पल उनको स्वाभिमानमाथि औलो ठड्याइरहन्छे ।तर परिस्थिति दुबैको अनुकूल छैन ।
भन्छन्- यसपालि पनि तेल बढ्यो रे !
तेलले आकाशमा उड्ने जहाजलाई पनि उछिन्यो रे !
कसरी हाँस्न सक्छन् लोकी भाउजू, ट्युरी र रामुदाइहरु यतिबेला -
कसरी सपना देख्छन् सुन्दर जीवनको यतिबेला -
तर पनि आज हाँसिन् भाउजू ।
हुनसक्छ उनका खसम फर्किए ।
हुनसक्छ उनको छोरो पास भयो जाँचमा ।
हुनसक्छ ट्युरीको ढुंगा बिकेन ।
या हुनसक्छ- हृवात्तै घट्यो तेल ।
उत्तर फर्काउनु छ उनलाई ट्युरीतिर ।
‘मलै के था काँ गए – भनेर गा हुन् र -’
‘आफ्ना बुडा कता गए, त्यत्ति पनि था हुन्न के हो -’
‘छैन तो के गरम् -’
दुबैको घम्साघम्सी पर्ला झैं भयो निमेषभरमै ।
ट्युरीलाई थाहा छ- रामुदाइ कता गएका हुन् । उसलाई थाहा छैन रामुदाइ किन गए र के गर्दैछन् ऐले ।
हुनसक्छ चाल नपाएको होस् ।
तर यससँग भाउजूको कुनै सरोकार छैन ।
भाउजूलाई थाहा छ- रामुदाइ देश बनाउन निस्केका छन् आन्दोलनमा ।
आन्दोलन कस्तो छ, न भाउजूलाई थाहा छ, न फिष्टेलाई । न ट्युरीलाई थाहा छ, न ट्युरीका खसम भन्न सक्छन् रामुदाइ के गर्दैछन् यतिबेला ।
उनी त बस समयसँग लड्दैछन् यतिबेला, जो जेसुकै भनून् ।
तर भाउजू बिहानै हाँसिन् ।
कारण आज फिष्टेले मार्कसिट ल्याएको छ स्कूलबाट ।
मार्कसिट- जसमा फिष्टेेसँगै उसका बाउ र आमाको भविष्य पनि कताकता झल्किरहेछ ।
-
अलिक दिन भयो रामुदाइ गएको । गएदेखि खबर आएको छैन । अघिल्लोपालि हराउँदा बेस्मारी एक्लिएकी भाउजूलाई यो प्रहर त्योभन्दा पनि गह्रौं लाग्छ । हुनसक्छ- उनका खसम फर्किदा धेरै सन्तुर ल्याएर फर्कियून् । हुनसक्छ फर्किदा झोलाभरि फिष्टेका किताब ल्याइदियून् । तर पनि गौण लाग्छन् ती सबै यतिबेला भाउजूलाई-
उनलाई चाहिएको चिज ऐले यहाँ छैन ।
छैनन् रामुदाइ उनीसामु ।
सुनिदैन बगरवारि- ट्वाकट्वाक, ट्वाकट्वाक र ट्वाकट्वाक ।
खसम नभए त्यो पनि विरक्त लाग्छ भाउजूलाई । खोलावारि ढुंगाको चाङ नदेख्दा राम्ररी नसुत्ने भाउजूलाई आज पनि राम्ररी निद लाग्दैन । आज ढुंगा कताकता गौण लागे- उनलाई त बस् उनै रामुदाइ चाहिएको छ- जसले हरेक पल, हरेक क्षण उनलाई माया गरिरहन्छ ।
तर देशको रेखा कोर्न हिडेका रामुदाइ फर्किएका छैनन्- ऐलेसम्म ।
छोराको मार्कसिट हर्ेन उनी सक्दिनन् ।
फिष्टेले भनेको बुझेरै उनी बिहान हाँसेकी हुन् ।
-हाँस्नु पनि एउटा जीवन हो)
‘बा त आउनुपर्ने हो नि आमा -’
शून्यबाट झार्यो फिष्टेले आमालाई ।
‘आउनुपर्ने त हो तर किन आएनन अझै – गाको पनि ३ दिन हुन लाग्यो’
वरिपरि आमा छोराबाहेक अरु बोलेको सुनिदैन । खोला एकनासले सुसाइरहेछ- आफ्नै गति र आफ्नै जीवन छ खोलाको । खोला तरेर हिड्नेहरु हिडिरहेछन् बिहानैदेखि । पुण्य कमाउन मन्दिर जानेहरु पनि गएकोगई छन् । बिहेको लगनगाँठो कस्न जानेहरुको पनि कमी छैन त्यो बाटोमा । बाटो एउटा छ- जहाँ हरेक जीवनहरु आफ्नो जीवनको रेखा कोर्छन् । त्यस्तै रेखा कोर्छ एउटा जोडी बगरवारि- ट्वाकट्वाक ट्वाकट्वाकसँगै ।
तर जोडीबाट एउटा पात्र तीनदिनदेखि छैन वरिपरि ।
त्यसैले हुनसक्छ जोडीको अर्को पात्रले हाँस्न भुलिसक्यो ।
-दर्ुइ पात्रको मायाको बखान गर्न यो लेखिएको होइन)
तर पनि हाँस्यो एउटा पात्र आज ।
हाँस्यो- खुलेर हाँस्यो- छोराको लागि ।
-हाँस्नु पनि एउटा जीवन हो)
उभिदिन्छु म पनि एकदिन
सडक, सुनसान मान्छेहरु ।अनि, सुनसान मन ।सुनसान र शून्य समयमा सिल्करुटले गति दिइरहेथे उतिबेला- गीतसँगै ।
र, म पनि उसैगरी शून्य भएछु- गीतसँगै ।
सडकमा मान्छेको हुल बिहानैदेखि कम छ । रातभर ढ्याङ ढ्याङ्ले बिथोलेका मनलाई बिहानको सिरेटोले पट्याइरहेथ्यो- क्रमैसँग । जसरी बिहान आमाले ओच्छ्यान मिलाउँछिन् मेरो घरमा ।
र, म गुजुल्टिरहेको हुन्छु सिरकभित्र । उसैगरी बिहानले समय पट्याइरहृयो क्रमैसँग ।
‘बुवा खै नि -’ ‘उतै जानुभा’छ’ भाइको इशारा बुझ्छु म -उतै याने बालमन्दिरतिर)
‘कतिखेर -’
‘अग्गिनै हो’ -रातभर कफर््र्यू सुस्ताएको छैन । बालमन्दिरतिर नजाऊ भन्दै पारिकाले रातभर कप\mर्यू बजाइरहेथे । हिजो मन्त्रीको भाषण सुनेर हच्किएकी मेरी आमालाई हर्ेर्छर्ुुलाग्छ- कान्ति उहिल्यै हराइसक्यो अनुहारबाट । भाउँ दिउँसै कफर््र्यू बजाउने हुन् कि – म सान्त्वना दिन्न आमालाई- यत्ति बलिदानी त दिनर्ैपर्छ आमाले) भाइ अझै पनि सिल्करुट पछ्याइरहेछ- स्पिकरमा ।‘दिउँसै कफर््र्यू लाउने भन्याछन् रे ! क्यै था’पाइस् -’-आमालाई लाग्छ- मैले सबै बुझेको छु र कफर््र्यू लाउनेले मलाई आएर भन्छन् पहिले)
‘लाए के भो र – ननिस्किए त भैहाल्यो नि’
‘हर्ेर्दैनस् बाउ ब्यानैदेखि नेता बन्न गाको – कहीं नभाको जात्रा……’ -म उनलाई कन्भिन्स गर्न सक्दिन- डराउँछु उनले नै मलाई कन्भिन्स गरिरहेछिन्)
‘कार्ड राख्याछस् -’
‘छ’
– – –
दिउँसो १२.३० बजे ।भाइ सिल्करुटबाट उक्लिएर एम.एल.टी.आर. सम्म आइपुगेको छ ।र, म सुतिरहेछु पलङमा ।
…….. ‘बसन्ते ˜˜ सुनिस् ˜˜-’ ‘के ˜’ आत्तिएँ म । ‘पड्क्यो …….’‘काँ -’‘कुन्नि, हिँत्तिनैस्तो लाग्छ’
र, फेरि उस्तै शून्य । र, फेरि उस्तै सुनसान ।
-पड्किएको सुन्नुमा कुनै नवीनता छैन । राति युगबोधमा छँदादेखि दिउँसो घरसम्मको यात्रामा धेरै पड्किएथे । लाग्छ- हाम्रो जीवन यस्तै ड्याङड्याङले तय गरिरहेछ हरपल, हरक्षण)
एकतारे -! नगरकोटे -! या हुन् कुनै बाबुरामहरु – -एम सिक्सटिन बोक्ने नगरकोटेहरुले टि्रगरबाहेक अर्थोक देख्दैनन्- बुझेको छु । कसरी भनुँ यी हाम्रा दाजु हुन् या हुन् भाइ ? मैले मेरो भाइलाई त्यसरी नै खारामा जलाउनसक्छु ? मैले मेरा दाइलाई उसरी नै नगरकोटमा ढाल्नसक्छु ? सक्दिन र त फरक छ- नगरकोटे र ‘म’मा)हस्याङफस्याङ गर्दै घरअघिबाटै दौडिए कोही कोही । र, पछिपछि देखें- बा पनि उसैगरी दौडिरहेछन् घरतिर ।‘बाँच्च्यो…..!˜˜ ‘उमेश …..˜˜’ ‘के भो र -’ -आमा बाभन्दा पनि बढी आत्तिरहेछिन्) ‘सङ्गै थिम् ….. ड्यामड्याम पड्क्यो ……. उमेश र धर्नाका एकजना गिरी ढले…….. ‘ -बाले सुनाइरहे- हामी सुनिरहृयौं । नगरकोटेहरुको तस्वीर मनभरि आइरहृयो- झ्याप्प, झ्याप्प, झ्याप्प…) उनै नगरकोटेहरु जो नालापानीमा ढलेको पढ्दा हाम्रा आँखा रसाउँथे । उनै नगरकोटेहरु जो मंसिर ८ गते ढल्दा हाम्रा आमाहरु हुँक्क गर्थे ।र, आज उनै नगरकोटेहरुले नालापानी लडिरहेछन्- आमाको छातीमाथि । अब नगरकोटे ढल्दा मेरी आमाहरु हुँक्क गर्दिनन् । पाल्पामा नगरकोटे ढल्दा घोराहीमा मेरी आमाहरु जीब्रो टोक्दैनन् ।-सुन्छु राति रेडियोले मेरा बाहरुलाई बन्दुक भिराइदिरहेछ । रेडियो भनिरहन्छ- उही….. ।
लाग्छ- एकबार मेरा बाहरुले भिरेका ‘बन्दुक’ लिएर मै जाउँ युद्धमोर्चामा र भन्दिउँ थापालाई- छोराहरु अझै जीउँदै छौं मोर्चामा- अब उमेश थापा बन्ने पालो त्रि्रो हो….।
‘शहीद’ बन्ने अबोध मनहरु न बोले, न एम सिक्सटिन उठाए बालमन्दिरअघि । म त बोल्नसक्छु नि नगरकोटेअघि, म त उभिनसक्छु नि बालमन्दिरअघि ।) र, उभिन्छु पनि एकदिन । उमेशको रगत अझै आलो छ
नीलो भ्यान र एकतारेहरु
June 30, 2006‘यिनै हुन्, हाल् यिन्लाई…..’अचानक कम्ब्याट डूेसवालाले हामीतिर औंला सोझ्याउँदा मनमा ढ्यांग्रो ठोक्नु स्वाभाविक थियो हाम्रा लागि । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सर्ीीैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई । ‘के भो के भो…..’ होटलवाला साहुजी अक्कनबक्क सोध्दैथिए । त्यतिबेलासम्म यामानका भिनाजु र यत्रैको फिष्टे -म) नीलो भ्यानको टिकट लिइसकेथ्यौं ।सानामा सुन्थें र डराउँथे- ‘पुलिसले लैजाला, चूप लाग् …..।’
ऐले त लगिसक्यो कम्ब्याटवालाले ।
‘घर काँ हो तेरो -’
त्यति ठाडो स्वरको सामना गरेको थिइन मैले । बुवाआमाले गाली गर्दा- अर्कै अर्कै हुन्थ्यो, पीर लाग्दैनथ्यो -लागे रुन्थें) । यतिबेला त बाआमाभन्दा पनि भयङ्कर हजुरबाहरुले प्रश्न सोधिरहेछन् ।
‘दाङ्’
‘अर्घर्ााँची’
पहिलो स्वर मेरो थियो, दोस्रो भिनाजुको । यामानका भए पनि भिनाजु मभन्दा बढी काँपिरहेथे ।
‘दा……˜….ङ’एकतारे कम्ब्याटवाला यसरी बोल्यो- मानौ दाङसँग उसको पुख्र्यौली दुश्मनी छ- कताकता हेपेजस्तो, कताकता घिनाएजस्तो । सम्झें- रोल्पा वा रुकुम भनेको भए -! -आबर्ुइ˜…….)’के गर्न आइस् -’-बढाइचढाइ छैन- यस्तै बोल्थ्यो कम्ब्याटवाला हामीसँग)कताकता हीनताबोध हुन्थ्यो- दङाली हुनुमा ।-तैपनि मेरो दाङ नै मलाई प्यारो छ काठमाडौंमा)
‘पढ्न’
सुस्तरी बोलें । -बोलें कि बोलिन- त्यो पनि थाहा पाइन)
‘दाङमा पढ्ने ठाउँ छैन -’
-हेपिरहृयो दङालीलाई)
मुन्टो हल्लाएँ- -छ)
‘किन आइस् त हृयाँ -’
‘पढ्न…..’
त्यसपछि चुप ।
-धन्न नाम सोधेन । सोधेको भए त्यहीं किलोशेरा टु हुन्थ्यो)
‘तँ किन आइस् -’
भिनाजुलाई तँ भनेर बोलाएपछि अनौठो कम्पन छुट्यो मनमा ।
-भिनाजु अलि जंगी छन्- जंगिएरै बोले)
‘घुम्न नि, अरु के…..’
एकतारे कम्ब्याटवालाले हात चलाएको देखिन- हातको असर भिनाजुको ओठबाट चोयो- रातो रातो ।
-एकमन सोंचे- त्यसको हातबाट दर्ुइनाले तानेर बजाइदिउँ ड्याम्म । सोंचेको मात्रै)
‘बढ्ता बोल्छस् – अब हर्ेर्दै जा के हुन्छ ….’
धम्की दियो एकतारेले । धम्कीसँगै मेरो मन पनि मंसिर ८ जस्तै पड्किन थाल्यो भित्रभित्रै-
ड्याम…..ड्याम…….ड्याम ।
-राम्रो बोल्न सक्दैनन् यिनीहरु – राम्रो बोल्दा इगो त जान्न नि !)
सोच्नुभन्दा अरु केही गर्न सक्दिन ।
‘सवारी कस्तो हुन्छ, बुझ्याछैनस् – हिरो बन्न खोज्ने तँलाई -’
-हिरो बन्न खोज्यो को – म – ए भिनाजुलाई भन्यो शायद)
भिनाजुको ओठबाट रगत चुहिरहेकै थियो । भिनाजुले मलाई, मैले भिनाजुलाई, कसैले कसैलाई हेरेनौं, लाजले)
एकतारले अघिदेखि मलाई घुरिरहेथ्यो । अर्घर्ााँची भनेकोले हुनसक्छ भिनाजुलाई उति केयर गरेन उसले । म हुँ- दाङको । दाङको नाम सुन्दा अर्कै गर्छन् एकतारे, दर्ुइतारे, डबल क्रसवालाहरु ।
गाडी थापाथली, त्रिपुरेश्वर, टेकु ओहोरदोहोर गरिरहृयो । वाकिटकीमा के के कुराकानी हुन्छ, हामी पत्तो पाउँदैनौ । एकतारेले भनेको बुझ्छौं- दर्ुइजनालाई पक्रेका छौं, उतै -कालिमाटी पोष्ट) मा गएर थाहा हुन्छ ….।
-त्यसपछि मेरो अनुहार हर्ेनलायकको हुँदैन)
‘सवारीको बेला गोली ठोक्ने आदेश हुन्छ थाहा छ तिमेरुलाई -’
‘अहँ’
-दायाँवायाँ मुन्टो हल्लाउँछौं हामीहरु)
जीवनमा पहिलोपल्ट त्यसरी लज्जाबोध गरिरहेथ्यौं हामीहरु । सवारी सुनेका थियौं- देखेका थिएनौं । आज देख्यौं- राजाको सवारी यस्तो हुन्छ । नीलो गाडी, त्रिपुरेश्वर, टेकु, कालीमाटी, फेरि टेकु, थापाथली…. । राजाको सवारी नीलो गाडीबाट मज्जाले देख्यौं- कालै न कालो, पसिनै पसिना, खडेरी लागेको ओठ ……..। यस्तै……यस्तै……..।
-राजाको सवारीमा परेवा पनि उड्न पाउँदैन- बुझेको यही हो)
एकतारे बोलिरहृयो-
‘आज तिमेरुको बिहे देखाउँछौं, कालीमाटी त पुग्न देओ’
-कालीमाटीमा प्रहरी चौकी छ- एकतारेहरुको प्याउटे कालीमाटी)
-उनीहरुले जे सोध्छन्- त्यही उत्तर दिनर्ुपर्छ, अरु बोल्नलाई त मन्त्रालयबाट सिफारिस लिएर आउनर्ुपर्छ)
भिनाजु घोप्टे मुन्टो लगाएर तल हेरिरहेछन्, म यताउति हर्ेर्छर्ुुथापाथलीमै घुमाइरहेछ नीलो गाडीले ।
-सवारीमा जनताले यत्तिको सास्ती भोग्नर्ुपर्छ- आजै बुझ्यौं)
-हामीले चिया खाइरहेको होटलबाट हामीलाई गाडीमा हालेको देख्नेहरुको अनुहारमा कुनै किसिमको ग्लानी छैन, ङच्िच हाँसिरहेथे उनीहरु । सायद उनीहरुले पनि सवारी बुझिसकेका हुनर्ुपर्छ । हामी त दङाली र अर्घर्ााँचेली….. कहाँबाट सवारी बुझ्नु हामीले -)
एकघण्टाको ‘पेट्रोलिङ’ पछि सुनिरहेको कालीमाटी पुर्यायो नीलो गाडीले । भिनाजु र मेरो कठालो समातेर ओराल्यो हवल्दारले । त्यसरी बलजफ्ती हुत्याइनु मेरो लागि पहिलो थियो, सायद भिनाजुका लागि पनि ।
खुकुरी क्रसवालाले भित्र सोधपुछ शुरु गर्यो ।
‘नाम के हो -’
‘लेनिन बञ्जाडे’
नाम सुनेर एकमन मलाई पढ्यो क्रसवालाले ।
‘घर कहाँ हो -’
‘दाङ’
उनै क्वेस्चनहरु यहाँपनि ।
‘लक्ष्मण के.सी.’
‘अर्घर्ााँची’
‘घुम्न’
‘सवारी थाहा छ कस्तो हुन्छ -’
क्रसवाला अलि नम्र भएको महसुस भयो हामीलाई ।
‘आज देख्यौं’
‘हाम्रो जागिरको सवाल हुन्छ यस्तोबेलामा, थाहा नभएको भए किन हिंडेको -’
‘हामी हिंडेका थिएनौं, होटलमा चिया खाइरहेका थियौं । हिड्नेहरु त अरु हुन्, उहाँहरुले हामीलाई त्यत्तिकै उठाउनुभएको हो ।’
क्रसवाला नम्र भएको फाइदा उठाएँ मैले र औंला देखाएँ एकतारेतिर ।
-सोचें- रोल्पा, रुकुमतिर पनि यस्तै हुन्थ्यो होला, किलोशेरा टु, रोमियो…..)
‘परिचयपत्र छ -’
‘नेपाल पत्रकार महासंघ, जिल्ला शाखा दाङ’
-फेरि हेर्यो क्रसवालाले नपत्याएरै)
‘अबदेखि सवारीमा ख्याल गर्नुहोला..’
-तपाइँमा उक्लियो क्रसवाला, मनैमन खुशी लाग्यो)
‘अब त जीवनभर ख्याल गर्छर्ुुवारीको’
भनेको सुन्यो, सुनेन- हामी निस्क्यौं बाहिर । भिनाजु लाजले भुतुक्क थिए अझैसम्म ।
For contact detail bagar_mylife@yahoo.com
बग्छ आँशु, बग्न देऊ
June 30, 2006बिछट्टै रौनकले तातेको छ यतिबेला खोलावारिको सानो कटेरो । यति लामो जीवनमा धेरै कम समय यस्तो रौनक देखिन्छ कटेरोमा । बिहान-साँझको निर्विकल्प अनिकाल अनि जोबन हराइसकेको जीवन धुलोसँग, ढुंगासँग यताउति, यताउति । तर पनि रौनक छ मनमा- रामुदाइको, भाउजूको अनि सबैभन्दा बढी फिष्टेको ।‘बद्रै उस्क्या छौ नि ओ दाइ, के हो -’
अलिक लामो अन्तराल छ भेटमा । हिजो, अस्ती, झनस्ती.. धेरै अस्ती देखिएनन् रामुदाई । मनभरि बात मार्थें, तनभरि माया लाउँथे रामुदाइसँग -सपना हुनसक्छ) । जोबनको पहिलो पहरमै जीवनसँग ठुस्सिएका रामुदाइ । आज अर्कैअर्कै चङ्गएिका छन्- ठूलै परिवर्तन भयो सायद ।
‘खास्सै क्यै हैन, यस्सो चाडपर्व पनि त आउन लाए नि…’
अँ साँच्चै दशैं –) पनि आउन लाग्यो ।
रामुदाइको लागि पनि दशैं –!)
फिष्टे र भाउजूको लागि पनि दशैं –)
मेरो लागि पनि दशैं –)
धेरैको लागि धेरै दशैं आए यसपालि पनि । रामुदाइको लागि पनि बिछट्टै गरी दशैं आयो ।
तर त्योभन्दा पनि अर्कै कुरो छ ।
भेउ पाएको छैन अझैसम्म ।
‘त्यही मात्रै त हैन जस्तो छ ….’
अनभिज्ञता जाहेर गर्छर्ुु
‘यौटो कुरो थाहा पाउनु भो -’
‘के कुरा -’
‘फिष्टे क्या ….’
‘अहँ …’
‘फिष्टे पढ्न गा’छ आज’
झसंग भएँ ।
‘फिष्टे पढ्न गयो -!’
फेरि झसंग भएँ ।
मैले चाहेको तर पूरा नभएको एउटा कामना पूरा भयो सायद । फिष्टे स्कूल गयो …।
‘कटेरो’मा शान्ति भएदेखि एकबार सोचेथें- फिष्टे विरामी भयो होला । यताउति आँखा घुमाएँ- धेरै परसम्म फिष्टे देखिएन ।
साँच्चै फिष्टे स्कूल नै गयो आज । झसंग….! उसैगरी झस्किएँ ।
‘पैसा काँबाट ल्यायौ दाइ -’
-जुनै कामको शुरुवात पहिले पैसैबाट हुँदै रै’छ, बल्ल भेउ पाउँछु । जहाँ पनि यस्तै हो -.. मूल्य र मान्यता पैसाभन्दा माथि छैन र -)
‘बड्डीले टीका लाएर राखेको पैसा अलित रैछ, भरनासम्म गर्द्याछु, बाँकी देखाजाला ।’
अर्थोक गौण छन्- बस्… फिष्टे स्कूल गयो, पुग्यो ।
‘कापी कलम नि -’
‘स्कूलले अलित दिन्छु भन्याछ, अरु त म छँदैछु नि’
-तिमी छौ र त सबै छन् रामुदाइ)
‘यी यिनै ढुंगा बेचेर भए पनि फिष्टेलाई पढाउँछु ।’
योभन्दा ठूलो दशैं रामुदाइ र लोकी भाउजूको लागि अरु छैन ।
तर पनि भाउजूको आँखाबाट जूनको शीत झरिरहेछ ।
‘के भो भाउजू -’
‘धेरै खुसी सहन सक्किनेरैनछ नि -’
-धेरै वर्षो आँसु आज शीत बन्दै खसिरहेछ आँखाबाट तप्प….तप्प … । भाउजू पुछ्न खोजेझैं गर्छिन्)
‘नपुछ भाउजू र्झनदेऊ । यस्ता आँसु चाहेर पनि झर्दैनन् जीवनमा । भएभरको अलिनो आँसु र्झनदेऊ आज ।’
‘डूेस के लायो फिष्टेले -’
‘त्यै -पोहोरसालको दशैंमा किनेको निलो कमीज र कालो पाइन्ट) त हो नि …’
-काठको पुरानो ‘हृयांगर’ मा उहिल्यैदेखि झुण्डिरहेको देखिरहन्थें फिष्टेको डूेस)
सोध्थें- -कसको -) ।
भन्थिन्- ‘फिष्टेलाई काम लाग्छ पछि ।’
त्यै आज काम लागेछ । फिष्टे पनि स्कूल गएछ !! झसंग ….!
‘दशैं त आयो नि, के छ विचार -’
नसोध्नुपर्ने थियो, सोधें -सरी)
‘हाम्रा लागि पनि केको दशैं र ससैं हो र । ब्यान काम गर्न गयो, साँझ खायो ।’
परबाट ढुंगासँगै रामुदाइ पनि बोलिरहे । ट्वाक ट्वाक…..ट्वाक ट्वाक…..।
-धेरै दशैंलाई यस्तै ट्वाक ट्वाक…..ट्वाक ट्वाक…..ले विदा गरिसकेका छन् यसपालि पनि उसैगरी विदा गर्छन् दशैंलाई- सायद)
‘ढुंगा बिकेनन् -’
प्रसंग मोड्नुमै बुद्धिमता ठान्छु ।
‘केको बिक्नु नि – बजारका मान्छेले पनि घर बनाउन छाडिसके क्या हो -!’
ट्वाक ट्वाक…..ट्वाक ट्वाक…..।
‘यत्रो चाङ एक्कैपल्ट लग्दिए पनि हुन्थ्यो नि- सप्पै बिके त दशैं त के, तिहार पनि नाम्रै जान्थ्यो…’
वल्तिर भाउजू फत्फताउँछिन्- मानौं जम्मै साहुको अगाडि उनले मोलतोल गरिरहेकी छन्- ढुंगाको ।
लौ रामुदाइ- पैसा राख भए पछि दिनू, नभए देखाजाला…..
-भन्न सक्दिन । म र रामुदाइमा सायदै फरक छैन यतिबेला ।)
सायद मान्ने छैनन् रामुदाइ । उनको ट्वाक … ट्वाकमा नै उनको आत्मसम्मान हो ।
-म रामुदाइको आत्मसम्मानमा ढुंगा हान्न तयार छैन)
‘मन हलुंगो पार् के लोकी, अब त हाम्रा पनि सुदिन आउलान् ए आँठे…’
‘कसरी -’
‘पख्, फिष्टेलाई राम्ररी पढ्न दिम्, उसले त अँध्यारो मनमा बत्ती बाल्देला नि …’
ट्वाक ट्वाक…..ट्वाक ट्वाक…..।
-हर्ेर्छर्ुुभाउजूका आँखाबाट झरिरहेको शीत थामिएको छैन । रामुदाइ बोलेपछि झन् बेस्मारी झरे तप्तप्तप्)
‘खै, भविष्य त कसले पो देखेको छ र -’
‘त्रि्रो भविष्य त्रि्रै हातमा छ भाउजू, बनाउन पनि सक्छ्यौ, बिगार्न पनि ।’
‘फिष्टेले पढ्दिएन भने के गर्ने -’
ट्वाक ट्वाक…..ट्वाक ट्वाक…..। -अघिल्तिर रामुदाइ आफ्नो ‘भाग्य’माथि हथौडा बजारिरहेछन्)
‘त्यस्ले मात्रै किन, त्यस्का बाउ….’
पूरा बोल्न चाहेनन्, त्यसपछिको संकेत आफैतिर छ- हच्किए रामुदाइ ।
-दशैं आएपनि आकाशका बादलले जमिनसँग साइनो नै गाँसेको छ यतिबेला । घरिघरि छिनछिनमा झरिरहन्छ, भाउजूका आँखाबाट झरेझैं ।)
-ट्वाक ट्वाक…..ट्वाक ट्वाक….. चलिरहन्छ पिपलबोट मुन्तिर)
‘हेर्तो, पानी पनि पर्न लाग्यो, फिष्टे भिज्ला हे बड्डी’
‘जाम् तो -’
आँखा पुछिन्- साडीको फेरले ।
‘जान त पर्ला के र नत्र फेरि फिष्टे भिज्ला नि’
ट्वाक ट्वाक…..ट्वाक ट्वाक….. -उसैगरी हात चलिरहेछन् ढुंगामाथि, अचम्मको संगीत आइरहन्छ नेपथ्यमा)
‘नि तो -’
‘अँ तो’
मिसिए म पनि ।