नीलो भ्यान र एकतारेहरु

‘यिनै हुन्, हाल् यिन्लाई…..’अचानक कम्ब्याट डूेसवालाले हामीतिर औंला सोझ्याउँदा मनमा ढ्यांग्रो ठोक्नु स्वाभाविक थियो हाम्रा लागि । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सर्ीीैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई । ‘के भो के भो…..’ होटलवाला साहुजी अक्कनबक्क सोध्दैथिए । त्यतिबेलासम्म यामानका भिनाजु र यत्रैको फिष्टे -म) नीलो भ्यानको टिकट लिइसकेथ्यौं ।सानामा सुन्थें र डराउँथे- ‘पुलिसले लैजाला, चूप लाग् …..।’

ऐले त लगिसक्यो कम्ब्याटवालाले ।

‘घर काँ हो तेरो -’

त्यति ठाडो स्वरको सामना गरेको थिइन मैले । बुवाआमाले गाली गर्दा- अर्कै अर्कै हुन्थ्यो, पीर लाग्दैनथ्यो -लागे रुन्थें) । यतिबेला त बाआमाभन्दा पनि भयङ्कर हजुरबाहरुले प्रश्न सोधिरहेछन् ।

‘दाङ्’

‘अर्घर्ााँची’

पहिलो स्वर मेरो थियो, दोस्रो भिनाजुको । यामानका भए पनि भिनाजु मभन्दा बढी काँपिरहेथे ।

‘दा……˜….ङ’एकतारे कम्ब्याटवाला यसरी बोल्यो- मानौ दाङसँग उसको पुख्र्यौली दुश्मनी छ- कताकता हेपेजस्तो, कताकता घिनाएजस्तो । सम्झें- रोल्पा वा रुकुम भनेको भए -! -आबर्ुइ˜…….)’के गर्न आइस् -’-बढाइचढाइ छैन- यस्तै बोल्थ्यो कम्ब्याटवाला हामीसँग)कताकता हीनताबोध हुन्थ्यो- दङाली हुनुमा ।-तैपनि मेरो दाङ नै मलाई प्यारो छ काठमाडौंमा)

‘पढ्न’

सुस्तरी बोलें । -बोलें कि बोलिन- त्यो पनि थाहा पाइन)

‘दाङमा पढ्ने ठाउँ छैन -’

-हेपिरहृयो दङालीलाई)

मुन्टो हल्लाएँ- -छ)

‘किन आइस् त हृयाँ -’

‘पढ्न…..’

त्यसपछि चुप ।

-धन्न नाम सोधेन । सोधेको भए त्यहीं किलोशेरा टु हुन्थ्यो)

‘तँ किन आइस् -’

भिनाजुलाई तँ भनेर बोलाएपछि अनौठो कम्पन छुट्यो मनमा ।

-भिनाजु अलि जंगी छन्- जंगिएरै बोले)

‘घुम्न नि, अरु के…..’

एकतारे कम्ब्याटवालाले हात चलाएको देखिन- हातको असर भिनाजुको ओठबाट चोयो- रातो रातो ।

-एकमन सोंचे- त्यसको हातबाट दर्ुइनाले तानेर बजाइदिउँ ड्याम्म । सोंचेको मात्रै)

‘बढ्ता बोल्छस् – अब हर्ेर्दै जा के हुन्छ ….’

धम्की दियो एकतारेले । धम्कीसँगै मेरो मन पनि मंसिर ८ जस्तै पड्किन थाल्यो भित्रभित्रै-

ड्याम…..ड्याम…….ड्याम ।

-राम्रो बोल्न सक्दैनन् यिनीहरु – राम्रो बोल्दा इगो त जान्न नि !)

सोच्नुभन्दा अरु केही गर्न सक्दिन ।

‘सवारी कस्तो हुन्छ, बुझ्याछैनस् – हिरो बन्न खोज्ने तँलाई -’

-हिरो बन्न खोज्यो को – म – ए भिनाजुलाई भन्यो शायद)

भिनाजुको ओठबाट रगत चुहिरहेकै थियो । भिनाजुले मलाई, मैले भिनाजुलाई, कसैले कसैलाई हेरेनौं, लाजले)

एकतारले अघिदेखि मलाई घुरिरहेथ्यो । अर्घर्ााँची भनेकोले हुनसक्छ भिनाजुलाई उति केयर गरेन उसले । म हुँ- दाङको । दाङको नाम सुन्दा अर्कै गर्छन् एकतारे, दर्ुइतारे, डबल क्रसवालाहरु ।

गाडी थापाथली, त्रिपुरेश्वर, टेकु ओहोरदोहोर गरिरहृयो । वाकिटकीमा के के कुराकानी हुन्छ, हामी पत्तो पाउँदैनौ । एकतारेले भनेको बुझ्छौं- दर्ुइजनालाई पक्रेका छौं, उतै -कालिमाटी पोष्ट) मा गएर थाहा हुन्छ ….।

-त्यसपछि मेरो अनुहार हर्ेनलायकको हुँदैन)

‘सवारीको बेला गोली ठोक्ने आदेश हुन्छ थाहा छ तिमेरुलाई -’

‘अहँ’

-दायाँवायाँ मुन्टो हल्लाउँछौं हामीहरु)

जीवनमा पहिलोपल्ट त्यसरी लज्जाबोध गरिरहेथ्यौं हामीहरु । सवारी सुनेका थियौं- देखेका थिएनौं । आज देख्यौं- राजाको सवारी यस्तो हुन्छ । नीलो गाडी, त्रिपुरेश्वर, टेकु, कालीमाटी, फेरि टेकु, थापाथली…. । राजाको सवारी नीलो गाडीबाट मज्जाले देख्यौं- कालै न कालो, पसिनै पसिना, खडेरी लागेको ओठ ……..। यस्तै……यस्तै……..।

-राजाको सवारीमा परेवा पनि उड्न पाउँदैन- बुझेको यही हो)

एकतारे बोलिरहृयो-

‘आज तिमेरुको बिहे देखाउँछौं, कालीमाटी त पुग्न देओ’

-कालीमाटीमा प्रहरी चौकी छ- एकतारेहरुको प्याउटे कालीमाटी)

-उनीहरुले जे सोध्छन्- त्यही उत्तर दिनर्ुपर्छ, अरु बोल्नलाई त मन्त्रालयबाट सिफारिस लिएर आउनर्ुपर्छ)

भिनाजु घोप्टे मुन्टो लगाएर तल हेरिरहेछन्, म यताउति हर्ेर्छर्ुुथापाथलीमै घुमाइरहेछ नीलो गाडीले ।

-सवारीमा जनताले यत्तिको सास्ती भोग्नर्ुपर्छ- आजै बुझ्यौं)

-हामीले चिया खाइरहेको होटलबाट हामीलाई गाडीमा हालेको देख्नेहरुको अनुहारमा कुनै किसिमको ग्लानी छैन, ङच्िच हाँसिरहेथे उनीहरु । सायद उनीहरुले पनि सवारी बुझिसकेका हुनर्ुपर्छ । हामी त दङाली र अर्घर्ााँचेली….. कहाँबाट सवारी बुझ्नु हामीले -)

एकघण्टाको ‘पेट्रोलिङ’ पछि सुनिरहेको कालीमाटी पुर्‍यायो नीलो गाडीले । भिनाजु र मेरो कठालो समातेर ओराल्यो हवल्दारले । त्यसरी बलजफ्ती हुत्याइनु मेरो लागि पहिलो थियो, सायद भिनाजुका लागि पनि ।

खुकुरी क्रसवालाले भित्र सोधपुछ शुरु गर्‍यो ।

‘नाम के हो -’

‘लेनिन बञ्जाडे’

नाम सुनेर एकमन मलाई पढ्यो क्रसवालाले ।

‘घर कहाँ हो -’

‘दाङ’

उनै क्वेस्चनहरु यहाँपनि ।

‘लक्ष्मण के.सी.’

‘अर्घर्ााँची’

‘घुम्न’

‘सवारी थाहा छ कस्तो हुन्छ -’

क्रसवाला अलि नम्र भएको महसुस भयो हामीलाई ।

‘आज देख्यौं’

‘हाम्रो जागिरको सवाल हुन्छ यस्तोबेलामा, थाहा नभएको भए किन हिंडेको -’

‘हामी हिंडेका थिएनौं, होटलमा चिया खाइरहेका थियौं । हिड्नेहरु त अरु हुन्, उहाँहरुले हामीलाई त्यत्तिकै उठाउनुभएको हो ।’

क्रसवाला नम्र भएको फाइदा उठाएँ मैले र औंला देखाएँ एकतारेतिर ।

-सोचें- रोल्पा, रुकुमतिर पनि यस्तै हुन्थ्यो होला, किलोशेरा टु, रोमियो…..)

‘परिचयपत्र छ -’

‘नेपाल पत्रकार महासंघ, जिल्ला शाखा दाङ’

-फेरि हेर्‍यो क्रसवालाले नपत्याएरै)

‘अबदेखि सवारीमा ख्याल गर्नुहोला..’

-तपाइँमा उक्लियो क्रसवाला, मनैमन खुशी लाग्यो)

‘अब त जीवनभर ख्याल गर्छर्ुुवारीको’

भनेको सुन्यो, सुनेन- हामी निस्क्यौं बाहिर । भिनाजु लाजले भुतुक्क थिए अझैसम्म ।

For contact detail bagar_mylife@yahoo.com

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.