धेरै दिनपछि आज भाउजू हाँसिन् । धेरै भइसक्यो भाउजूको हाँसो हराइसकेको । लाग्छ- संसारबाट हाँसो हराइसक्यो उहिल्यै । मुजा पर्न लागिसकेका गालाका डिलमा धेरै दिनपछि हाँसोले स्वागत पायो । खेलावारिको कटेरामा त्यो हाँसो कति टिक्छ, यसै भन्न सकिन्न । तर, हाँसो क्रमशः ट्वाकट्वाकसँगै हरायो ।‘ए लोकी ! रामे कता गए -’परैबाट ट्युरीले एकबार हाँक हालिन् ।भाउजूलाई कहिल्यै लागेन- ट्युरी उनीसँग बोलोस् । तीजको दिनदेखि किनकिन विरक्तै लागेर उनले सरापेथिन ट्युरीलाई । आज एकबार फेरि ट्युरीले उनको स्वाभिमानमाथि फालो अड्काई । ट्युरी पनि लोकी भाउजूजस्तै हो- सपना सँगाल्ने मनभरि । उसका स्वामी पनि रामुदाइजस्तै जीवन जीउँछन् । बिहान-दिउँसो-साँझ ट्वाकट्वाक, ट्वाकट्वाक अनि ट्वाकट्वाक । तरपनि ट्युरी उनका लागि वर्गीय दुश्मन हो जसले हरेक पल उनको स्वाभिमानमाथि औलो ठड्याइरहन्छे ।तर परिस्थिति दुबैको अनुकूल छैन ।
भन्छन्- यसपालि पनि तेल बढ्यो रे !
तेलले आकाशमा उड्ने जहाजलाई पनि उछिन्यो रे !
कसरी हाँस्न सक्छन् लोकी भाउजू, ट्युरी र रामुदाइहरु यतिबेला -
कसरी सपना देख्छन् सुन्दर जीवनको यतिबेला -
तर पनि आज हाँसिन् भाउजू ।
हुनसक्छ उनका खसम फर्किए ।
हुनसक्छ उनको छोरो पास भयो जाँचमा ।
हुनसक्छ ट्युरीको ढुंगा बिकेन ।
या हुनसक्छ- हृवात्तै घट्यो तेल ।
उत्तर फर्काउनु छ उनलाई ट्युरीतिर ।
‘मलै के था काँ गए – भनेर गा हुन् र -’
‘आफ्ना बुडा कता गए, त्यत्ति पनि था हुन्न के हो -’
‘छैन तो के गरम् -’
दुबैको घम्साघम्सी पर्ला झैं भयो निमेषभरमै ।
ट्युरीलाई थाहा छ- रामुदाइ कता गएका हुन् । उसलाई थाहा छैन रामुदाइ किन गए र के गर्दैछन् ऐले ।
हुनसक्छ चाल नपाएको होस् ।
तर यससँग भाउजूको कुनै सरोकार छैन ।
भाउजूलाई थाहा छ- रामुदाइ देश बनाउन निस्केका छन् आन्दोलनमा ।
आन्दोलन कस्तो छ, न भाउजूलाई थाहा छ, न फिष्टेलाई । न ट्युरीलाई थाहा छ, न ट्युरीका खसम भन्न सक्छन् रामुदाइ के गर्दैछन् यतिबेला ।
उनी त बस समयसँग लड्दैछन् यतिबेला, जो जेसुकै भनून् ।
तर भाउजू बिहानै हाँसिन् ।
कारण आज फिष्टेले मार्कसिट ल्याएको छ स्कूलबाट ।
मार्कसिट- जसमा फिष्टेेसँगै उसका बाउ र आमाको भविष्य पनि कताकता झल्किरहेछ ।
-
अलिक दिन भयो रामुदाइ गएको । गएदेखि खबर आएको छैन । अघिल्लोपालि हराउँदा बेस्मारी एक्लिएकी भाउजूलाई यो प्रहर त्योभन्दा पनि गह्रौं लाग्छ । हुनसक्छ- उनका खसम फर्किदा धेरै सन्तुर ल्याएर फर्कियून् । हुनसक्छ फर्किदा झोलाभरि फिष्टेका किताब ल्याइदियून् । तर पनि गौण लाग्छन् ती सबै यतिबेला भाउजूलाई-
उनलाई चाहिएको चिज ऐले यहाँ छैन ।
छैनन् रामुदाइ उनीसामु ।
सुनिदैन बगरवारि- ट्वाकट्वाक, ट्वाकट्वाक र ट्वाकट्वाक ।
खसम नभए त्यो पनि विरक्त लाग्छ भाउजूलाई । खोलावारि ढुंगाको चाङ नदेख्दा राम्ररी नसुत्ने भाउजूलाई आज पनि राम्ररी निद लाग्दैन । आज ढुंगा कताकता गौण लागे- उनलाई त बस् उनै रामुदाइ चाहिएको छ- जसले हरेक पल, हरेक क्षण उनलाई माया गरिरहन्छ ।
तर देशको रेखा कोर्न हिडेका रामुदाइ फर्किएका छैनन्- ऐलेसम्म ।
छोराको मार्कसिट हर्ेन उनी सक्दिनन् ।
फिष्टेले भनेको बुझेरै उनी बिहान हाँसेकी हुन् ।
-हाँस्नु पनि एउटा जीवन हो)
‘बा त आउनुपर्ने हो नि आमा -’
शून्यबाट झार्यो फिष्टेले आमालाई ।
‘आउनुपर्ने त हो तर किन आएनन अझै – गाको पनि ३ दिन हुन लाग्यो’
वरिपरि आमा छोराबाहेक अरु बोलेको सुनिदैन । खोला एकनासले सुसाइरहेछ- आफ्नै गति र आफ्नै जीवन छ खोलाको । खोला तरेर हिड्नेहरु हिडिरहेछन् बिहानैदेखि । पुण्य कमाउन मन्दिर जानेहरु पनि गएकोगई छन् । बिहेको लगनगाँठो कस्न जानेहरुको पनि कमी छैन त्यो बाटोमा । बाटो एउटा छ- जहाँ हरेक जीवनहरु आफ्नो जीवनको रेखा कोर्छन् । त्यस्तै रेखा कोर्छ एउटा जोडी बगरवारि- ट्वाकट्वाक ट्वाकट्वाकसँगै ।
तर जोडीबाट एउटा पात्र तीनदिनदेखि छैन वरिपरि ।
त्यसैले हुनसक्छ जोडीको अर्को पात्रले हाँस्न भुलिसक्यो ।
-दर्ुइ पात्रको मायाको बखान गर्न यो लेखिएको होइन)
तर पनि हाँस्यो एउटा पात्र आज ।
हाँस्यो- खुलेर हाँस्यो- छोराको लागि ।
-हाँस्नु पनि एउटा जीवन हो)
उभिदिन्छु म पनि एकदिन
सडक, सुनसान मान्छेहरु ।अनि, सुनसान मन ।सुनसान र शून्य समयमा सिल्करुटले गति दिइरहेथे उतिबेला- गीतसँगै ।
र, म पनि उसैगरी शून्य भएछु- गीतसँगै ।
सडकमा मान्छेको हुल बिहानैदेखि कम छ । रातभर ढ्याङ ढ्याङ्ले बिथोलेका मनलाई बिहानको सिरेटोले पट्याइरहेथ्यो- क्रमैसँग । जसरी बिहान आमाले ओच्छ्यान मिलाउँछिन् मेरो घरमा ।
र, म गुजुल्टिरहेको हुन्छु सिरकभित्र । उसैगरी बिहानले समय पट्याइरहृयो क्रमैसँग ।
‘बुवा खै नि -’ ‘उतै जानुभा’छ’ भाइको इशारा बुझ्छु म -उतै याने बालमन्दिरतिर)
‘कतिखेर -’
‘अग्गिनै हो’ -रातभर कफर््र्यू सुस्ताएको छैन । बालमन्दिरतिर नजाऊ भन्दै पारिकाले रातभर कप\mर्यू बजाइरहेथे । हिजो मन्त्रीको भाषण सुनेर हच्किएकी मेरी आमालाई हर्ेर्छर्ुुलाग्छ- कान्ति उहिल्यै हराइसक्यो अनुहारबाट । भाउँ दिउँसै कफर््र्यू बजाउने हुन् कि – म सान्त्वना दिन्न आमालाई- यत्ति बलिदानी त दिनर्ैपर्छ आमाले) भाइ अझै पनि सिल्करुट पछ्याइरहेछ- स्पिकरमा ।‘दिउँसै कफर््र्यू लाउने भन्याछन् रे ! क्यै था’पाइस् -’-आमालाई लाग्छ- मैले सबै बुझेको छु र कफर््र्यू लाउनेले मलाई आएर भन्छन् पहिले)
‘लाए के भो र – ननिस्किए त भैहाल्यो नि’
‘हर्ेर्दैनस् बाउ ब्यानैदेखि नेता बन्न गाको – कहीं नभाको जात्रा……’ -म उनलाई कन्भिन्स गर्न सक्दिन- डराउँछु उनले नै मलाई कन्भिन्स गरिरहेछिन्)
‘कार्ड राख्याछस् -’
‘छ’
– – –
दिउँसो १२.३० बजे ।भाइ सिल्करुटबाट उक्लिएर एम.एल.टी.आर. सम्म आइपुगेको छ ।र, म सुतिरहेछु पलङमा ।
…….. ‘बसन्ते ˜˜ सुनिस् ˜˜-’ ‘के ˜’ आत्तिएँ म । ‘पड्क्यो …….’‘काँ -’‘कुन्नि, हिँत्तिनैस्तो लाग्छ’
र, फेरि उस्तै शून्य । र, फेरि उस्तै सुनसान ।
-पड्किएको सुन्नुमा कुनै नवीनता छैन । राति युगबोधमा छँदादेखि दिउँसो घरसम्मको यात्रामा धेरै पड्किएथे । लाग्छ- हाम्रो जीवन यस्तै ड्याङड्याङले तय गरिरहेछ हरपल, हरक्षण)
एकतारे -! नगरकोटे -! या हुन् कुनै बाबुरामहरु – -एम सिक्सटिन बोक्ने नगरकोटेहरुले टि्रगरबाहेक अर्थोक देख्दैनन्- बुझेको छु । कसरी भनुँ यी हाम्रा दाजु हुन् या हुन् भाइ ? मैले मेरो भाइलाई त्यसरी नै खारामा जलाउनसक्छु ? मैले मेरा दाइलाई उसरी नै नगरकोटमा ढाल्नसक्छु ? सक्दिन र त फरक छ- नगरकोटे र ‘म’मा)हस्याङफस्याङ गर्दै घरअघिबाटै दौडिए कोही कोही । र, पछिपछि देखें- बा पनि उसैगरी दौडिरहेछन् घरतिर ।‘बाँच्च्यो…..!˜˜ ‘उमेश …..˜˜’ ‘के भो र -’ -आमा बाभन्दा पनि बढी आत्तिरहेछिन्) ‘सङ्गै थिम् ….. ड्यामड्याम पड्क्यो ……. उमेश र धर्नाका एकजना गिरी ढले…….. ‘ -बाले सुनाइरहे- हामी सुनिरहृयौं । नगरकोटेहरुको तस्वीर मनभरि आइरहृयो- झ्याप्प, झ्याप्प, झ्याप्प…) उनै नगरकोटेहरु जो नालापानीमा ढलेको पढ्दा हाम्रा आँखा रसाउँथे । उनै नगरकोटेहरु जो मंसिर ८ गते ढल्दा हाम्रा आमाहरु हुँक्क गर्थे ।र, आज उनै नगरकोटेहरुले नालापानी लडिरहेछन्- आमाको छातीमाथि । अब नगरकोटे ढल्दा मेरी आमाहरु हुँक्क गर्दिनन् । पाल्पामा नगरकोटे ढल्दा घोराहीमा मेरी आमाहरु जीब्रो टोक्दैनन् ।-सुन्छु राति रेडियोले मेरा बाहरुलाई बन्दुक भिराइदिरहेछ । रेडियो भनिरहन्छ- उही….. ।
लाग्छ- एकबार मेरा बाहरुले भिरेका ‘बन्दुक’ लिएर मै जाउँ युद्धमोर्चामा र भन्दिउँ थापालाई- छोराहरु अझै जीउँदै छौं मोर्चामा- अब उमेश थापा बन्ने पालो त्रि्रो हो….।
‘शहीद’ बन्ने अबोध मनहरु न बोले, न एम सिक्सटिन उठाए बालमन्दिरअघि । म त बोल्नसक्छु नि नगरकोटेअघि, म त उभिनसक्छु नि बालमन्दिरअघि ।) र, उभिन्छु पनि एकदिन । उमेशको रगत अझै आलो छ
Its a great writeup. keep going man ! its upto you.