‘हाइवे’ लाई फगत ‘राम्रो’ या ‘नराम्रो’ भनेर दुई लाइनमा अर्थ्याउन र बुझाउन सकिन्न ! दुवै उत्तरका उस्तै दमदार तर्क छन् ! परम्परागत मसला (गीत, द्वन्द्व, नृत्य, बदला)बाट एक तह माथि उक्लिएर क्लाइमेक्सलाई दर्शकको जिम्मामा छाड्नु नेपाली चलचित्र उद्योगका लागि ‘प्रयोग’ हो !

‘हाइवे’ धेरै कुरामा सबल छ ! टुक्रे कथाहरू जस्ता भए पनि तिनको प्रस्तुति र पात्रहरूको मनोदशा सजीव उतार्न सक्नु यसको उन्नत पक्ष हो ! हरेक पात्रको वरिपरि घुम्ने धेरै कथा र सहपात्र विम्बात्मक छन्, सबैको उत्तर दर्शक आफैंले खोज्नुपर्छ। चिच्याएर नबोले पनि दर्शकले हरेक पात्रको मनोदशा बुझ्छन् र कतिकतिखेर ‘कठै’ भन्छन् ।

चिकित्सक र असफल पतिको रूपमा रवीन्द्र मिश्रको कथालाई जसरी तन्काइएको छ, त्यो राजमार्गको बन्दमा फसेकी बूढी महिला (सासू)सँगको सम्बन्धसँग अभ्यस्त देखिँदैन । कथाको धेरै अंश उनको पारिवारिक असफलता वरिपरि घुमेको छ । उनकी सासूको अनुहारमा त्योबिघ्न चिन्ता र तनाव उतार्न सकिएको छैन ।

राजमार्गको मूल कथाबाट फिल्म पत्ताएको छ। बन्द, हड्ताललाई जीवन्त बनाउन सकिएको छैन । यात्रुले बन्दभन्दा व्यक्तिगत कारणले दुःख पाएको देखाइएको छ । ‘हाइवे’ को मूल कथा राजमार्गका दुःखकष्ट र अप्ठ्याराभन्दा पात्रका दैनन्दिन जीवनका समस्यासँग बढी जेलिएको छ, बन्द त सामान्य परिघटनाजस्तो मात्र देखिन्छ । बन्द संस्कृतिले आमनागरिकले कुन तहसम्मको समस्या झेलेका छन् भन्ने विषयबाट फिल्म बरालिएको छ । बसका पात्रभन्दा उनीहरूलाई पर्खी बस्ने काठमाडौंका पात्रको दबदबा छ । फिल्मका मूल पात्र को हुन्, ठम्याउन सकिँदैन । तर केही स्थापित ‘स्टार’हरूलाई केमियो रोलमा झैं बाँध्नु निर्देशकीय उत्कृष्टता हो ।

९० मिनेटभित्र अनेक कथालाई सूत्रबद्ध गरेर दर्शकलाई बाँधिराख्न सक्नु ‘हाइवे’को सबल पक्ष हो । तर, हाइवेलाई ९० मिनेटभित्रै सम्याउन जसरी भरमग्दुर प्रयास गरिएको छ, त्यो न्यायोचित देखिँदैन । कम्तीमा अरू ३० मिनेट पटकथामा खेल्न सकिने प्रशस्त ठाउँ छन् । सबैभन्दा मुख्य कुरो, हरेक यात्रुसँगै उनीहरूका समस्याले पनि यात्रा गर्छन्, ‘हाइवे’ले यही बताउँछ ।

बगरछेउ

Posted: September 5, 2010 in Uncategorized
आकाश रुन अझै छाडेको छैन- सिमसिम सिमसिम । भर्खरका फुच्चाहरु मस्तसँग झरीमा छट्टाइरहन्छन्- चिप्लेटी खेलिरहन्छन् । कालो बादलसँग चलिरहेको एकनासे झरीयुद्ध अनवरत चलिरहन्छ ।
‘ए झरी, नझरिदेउ, यसरी…’
नवीन दाइको गीतले कानमा बेलाबेलामा ढ्वाङ पिटिरहन्छ । हेर्छु- आइपडमा डेढ वर्षदेखि बजेको बज्यै छ । धेरै नवीन दाइ बजायो, धेरै सिल्करुट र धेरै एमएलटीआर बजायो । कैलेकाहीँ कुल पोखरेललाई पनि साथ दियो आइपडले । सिमसिमे झरीको पाश्र्व संगीत अनि कानमा आइपडको यामानको इयरफोन !
“हैन रामुदाइ, के भो ?’
“कता गो कता !”
अलि अस्पष्ट छ कुरो । एकनिमेष सुस्ताएपछि-
“राते लैजानेको त बिल्लीबाठै होस्”
कुराको भेउ अझै खुलिसकेको छैन ।
“को राते, कल्ले लयो ?”
“राते क्या, मेरो गाई”
“के भो त रातेलाई ?”
“खै को पापीले लग्यो, त्यसको त नाशै होस्”
कुराको भेउ अलि बेरपछि खुल्यो- रामुदाइको गाई हरायो ।
“भनेको कहिल्यै मान्ने हैन, बजारतिर नलैजाऊ भनेकै थिएँ, कैलेकाहीँ त हाम्ले भनेको पनि मान्नू नि”, भाउजूको गन्थनले कतिकतखेर रामुदाइ कालोमुख लाउँछन् । गल्ती उनको हैन, भाउजूको पनि हैन- बस् समयले उनीहरुसँग मजाक गरेको मात्रै हो ।
“कसरी हरायो राते ?”
प्रश्न सोध्न उति मन छैन, तैपनि औपचारिकता न हो ।
“बजारतिर छाड्याथें, सधैं आउँथ्यो । हिजो त आउँदै आएन ।”
लामो सुस्केरा हाल्छन् । हेर्छु- खुट्टाको घाउले उनलाई थचारेको पनि हप्ता काटिसकेछ । अलि दिनअघि किनेका दुईवटा बाच्छा पनि छैनन् त्यहाँ । गोठ खाली छ, पराल त्यसै कुहिएको छ ।
नेपथ्यमा कताकता बाँ-बाँ कराएको सुनिन्छ । केहीबेर रामुदाई झस्किन्छन्- ऊऽऽ राते आयो । क्रमशः बाँ-बाँ हराउँदै जान्छ, रामुदाइको आश मर्दै जान्छ । हिजो राति पटक्कै सुतेनछन्, आँखा राता छन् ।
मौसम पनि उदेकलाग्दो गरी ठुस्सिएको छ । निमेषभर सुस्ताएको छैन आकाश । सँगै रामुदाई पनि समयसँग ठुस्सिएजस्तो गर्छन् । हात हेर्छन्- ठेला परेर काटि्ठएका जिना हात । निधार छाम्छन्- नाम्लोले खुल्सिएको छ । अनि एकबार आफैले आफैलाई पढ्छन्- हारेको एउटा जीवन । एकबार आÏनी लोकी -भाउजू)लाई पढ्छन्- गुन्युसँगै उनका सपना पनि च्यातिएका छन् । बिहेताका उधुमका सपना बुनेथे उनीहरु सँगै बसेर । फिस्टे -छोरो) आएपछि बुढेसकालको लौरो भन्दै सुम्सुम्याएथे । ऐले त्यही लौरो कन्चटको घाउले थला परेको छ । राम्ररी खान नपाएर खिउटिएको छ । तर पनि मनको घाउ अचाक्ली हुँदोरै’छ, फिस्टे के बुझोस् । उसलाई बेलाबेला च्याँ-च्याँ गर्न पाए पुग्छ । रामुदाई आÏनो खुट्टा हेर्छन्- यामानको ठूलो घाउ छ । त्योभन्दा पनि ठूलो मनको घाउ, कहिल्यै निको नहुने ।
झरी लागेर खोलो अलि ठूलो छ । केटाकेटी, बुढाबुढी झुम्म परेर बगरपारि दौडिरहेछन् ।
“जाम् हिन्”
“तिमी जाँदै गर, म फिस्टेलाई दूध ख्वाएर आउँछु”, रामुदाइको आग्रहमा भाउजूले उत्तर फर्काउँछिन् ।
(बगरछेउँको कटेरो वरिपरि ढुंगाका चाङ छन्, कारण- रामुदाइ गिट्टी कुट्छन् । त्यही गिट्टी कुटेर बोराको ८ रुप्पे पाउँछन् उनी । हराएको रातेको दूध बेचेर कहिलेकाहीँ फिस्टेले बिस्कुट खान पाउँथ्यो, अहिले त्यो पनि छैन ।)
डोको लिएर रामुदाइ हिँडे बगरतिर- भलले ल्याएका ढुंगा खेर्न । एकबार अचम्म लाग्यो- बगरैभरि ढुंगा छन्, किन भलको पछि दौडिएका उनी ?
“भलले ठूला र राम्रा ढुंगा लेर आउँछ, त्यै भएर”, भाउजू भन्छिन् ।
“गाई खोज्न जानुहुन्न ?”
“यस्तो झरीमा काँ जाने हो र ?”
“झरीले पनि सास्ती दिएको छ नि ?”
“अँ”
योबाहेक धेरै वार्ता हुँदैन । रामुदाइ पारि डोकोमा ढुंगा टिप्दै, डोकोमा हाल्दै गरिरहन्छन् ।
हराएका सपना पनि यसैगरी बगाएर ल्याइदे ए झरी !
खोलाभरि चहार्दै ढुंगा टिपिरहे रामुदाइ । यता भोकले फिस्टे अघिदेखि नै चिच्चाइरहेको छ । भोको बाउको भोको छोरो । भाउजू तीन दिनदेखि एकछाके भएकोले हुनसक्छ- फिस्टेले मनभरि दूध पाउँदैन । बुढेसकालको लौरो !
“के सुन्नुभा’छ ?”
आइपडप्रति व्यग्र जिज्ञासा छ भाउजूको ।
“गीत”
“ए”
अलिक बेरपछि रामुदाइ ढुंगा खेरेर आउँछन् । गाई हराएको चिन्ता केहीबेर गोठमै थन्क्याउँछन् । थाहा छ- गाई हराउनु उनका लागि ठूलै बज्रपात हो । धेरै बज्रपात खपिसकेका रामुदाइ यसलाई पनि उसैगरी शिरोधार्य गर्छन् । मानौं उनी यामानको साँढे भइसके- बुल फाइटिङका साँढे ।
“काँ गयो होला राते, भाउँ मरो कि ?”
फेरि कुरा कोट्याए रामुदाइले । अब त चाहेर पनि सान्त्वना दिन सक्दिन ।
“भोलि जाम्ला नि त खोज्न”, भाउजूले सान्त्वनाको भाव प्रकट गर्छिन् ।
“भोलि हैन, ऐल्यै जान्छु म”
कालो चिया खाएर रामुदाइ हिँडे । जानेबेला भाउजूले भनिन्, “अबेर नगरे है, आफू र फिस्टेलाई दबाई ल्याए ।”
रामुदाइ हराएको गाई खोज्न एकनास हिँडिरहे झरीमा । नेपथ्यमा नवीन दाइको झरी गुञ्जिरह्यो । त्यो दिन बेलुकी रामुदाइले गाई भेटाएर ल्याए, त्यसबेला उनको अनुहारमा छाएको कान्ति भुल्न नसक्किने थियो ।
अर्को दिन बिहानैदेखि कौवाहरु घर अघिल्तिर चिच्याइरहेको कत्ति मनपरेको छैन भाउजूलाई । कौवा कराए पाहुना आउँछन् भन्ने लोकोक्ति उनले पनि सुनेकी छन् । पाहुना आएपछि लाग्ने अनिकालको झल्को बेलाबेलामा आइरहन्छ पनि । आÏनो हविगत सम्भिmँदा कराइरहेको कौवालाई उत्तिखेरै भुइँमा खसाइदिउँजस्तो लाग्छ भाउजूलाई । मानौं- कौवाले ठूलै अनिष्ट निम्त्याइरहेछ । एकघरि भित्र कोठामा हेर्छिन्- हिजो साँझको भान्टा अलिकति उबि्रएको छ । त्यत्तिले त फिस्टेलाई पनि पुग्दैन- उसैमाथि रामुदाइ अनि भाउजू । तीनजनाको परिवार पाल्न सक्दैन त्यो भान्टाले ।
“कत्ति कराइरा’हो असत्ती”, कौवालाई गाली गर्नु उनको अन्तिम विकल्प हो । कालो बादल, कालो बिहान अनि कालै सुरुवात जीवनको ।
हिजो राति तीनजनाको परिवार पूरै पेट नखाएर कटाएथ्यो । चामलको नाममा कनिकासिवाय अर्थोक थिएन पकाउन । त्यही कनिकाको भरले रातभर काट्यो यो परिवारले ।
“अलि सबेरै आउनू आज, ब्यानैदेखि कौवा कराइरा’छ- आज छाँट गतिलो छैन ।”
अघिल्लोपालि कौवा कराएकै दिन रोल्पाबाट दुईजना आफन्तीहरु आएको रामुदाइले झल्कोभरमै सम्झे । मनमा बेजोडले ढ्यांग्रो ठोक्यो- ढ्वाङ…..ढ्वाङ…..।
“के गर्ने उसो भए ? आइफाल्छन् कि ?”
अब त्यो परिवारमा अँध्यारो छायो- साउनमासको बादलझैं । कुइनेटोको भरमै रामुदाइ चौपारीमा थचक्क बस्छन् ।
“हे दैव ! नभाको चिज काँबाड ल्याउने हो ? के खुवाउने हो पाहुनालाई ?”
नआइसकेका पाहुनादेखि तर्सिनु तर्से रामुदाइ र भाउजू ।
“त्यै भएर छिटो जाऊ भन्या हुँ, बरु गैहाल”, भाउजूले अह्राइन् ।
“खाने क्यै छैन, भस्मै भोक पो लाछ तो”
मलिनो अनुहार उसैगरी अनिकालमा रोयो रामुदाइको । एक्लै हुन्थे छ ठीकै थियो- जेनतेन पाल्थे ज्यू । लोकी र फिस्टे पनि त छन्- के गरेर पाल्ने उनीहरुलाई ? जति गाह्रो प्रश्न, उति गाह्रो उत्तर पनि ।
“त्यै भान्टामात्रै भए पनि भुट्, जेनतेन धानिहाल्ला ।”
कौवा कराउन अझै छाडेका छैनन् । रिस र अनिकालले थला परेका रामुदाइ ढुंगा टिप्छन् र जोडले हान्छन् पिपलबोटतिर । कौवा का…का… गर्दै एकनिमेषमै विलीन भए । अलिक बेरपछि त्यो हुल पिपलबोटमाथि आएर फेरि कराइरह्यो ।
“बरु हिँड् बजारतिरर, कोही साहु भेटिन्छ कि गिट्टी किन्ने !”
हप्ता दिनदेखि कुटेका ढुंगा चाङ लागेर पिपलबोटनेर थुपि्रएका छन् ।
“त्यो बेच्ने हो हो भने डेढसय आउँछ, त्यसले त काम गर्ला नि ?”
भाउजूको अनुहारमा कान्ति छरपस्ट देखिन्थ्यो । एक हप्तादेखि गिट्टी किन्न कोही आएका छैनन् । आज कोही आइहाले भने अनिकाल टथ्र्यो । नआइसकेका पाहुना आए भने एकछाक मीठो खुवाउन पुग्थ्यो ।
“गिट्टी बिकेन भने ?”
“नबिके नबिकोस्, अर्थोक के गर्न सकिन्छ र ?”
“बरु तिमी भारी बोक्न जाऊ, म साहु खोज्न जाम्ला हुन्न ?”
भाउजूको उपायमा रामुदाइले गम खाए । गिट्टी नबिकेपछिको विकल्प उही भारी हो, जुन भारीले खुट्टामा यामानको घाउ उपहार दिएको छ । सञ्चो नभइसकेको खुट्टाको र मनको घाउ । घाउको भारी बोकेर चामलको भारी खोज्न जानुपर्छ रामुदाईलाई अब ।
“आज त बेच्नैपर्छ जस्सरी पनि”
“त्यै भनिरने हो कि जाने पनि हो ?”
“ल..ल.. जान्छु, भान्टा पाक्यो ?”
चराले कनिका टिपेझैं टिपे थालबाट । भोकले लथालिंग भएको शरीरलाई जेनतेन उठाउँछन् अनि लमकलमक हिँड्छन् बजार भारी खोज्न । मनभरि अनेक तर्कना आइरहे बाटामा । गिट्टी बिकेन र भारी पनि भेटिएन भने उनलाई मर्नु हुन्छ आज । पाहुनाका कुरा यस्तै हुन्, लोकी र फिस्टेलाई के खुवाउने ?
सूर्य अस्ताउनु र रामुदाइको प्रवेशमा पलाको फरक छैन । ओठमा अचम्मको हाँसो छाडेका छन् रामुदाइले यतिबेला । अनुहारभरि पसिना, सुकेको ओंठ । दुई ठाउँमा च्यातिएको सर्ट अनि गलिसकेको ट्रयाक । तैपनि मनमा उदेकलाग्दो उमंग भरेका रामुदाइ ।
“६० रुप्पे कमाएँ”
दिनभरि भारी बोकेर कमाएको ६० रुप्पे भाउजूको हातमा राख्छन् उनी । भाउजूले गिट्टी बेचेको १३० रुप्पै दाइको हातमा राख्छिन् ।
Bigyan Sharma

कतिकतिखेर चल्ने हावालाई लामखुट्टेले बेलाबेलामा माथ खुवाइदिन्छ । भुँ…भुँ…भुँ… । बिघ्न तातो मौसममा बिघ्न ताता ‘लामखुट्टे’- साइरन बजाउँदै घरि यता टोक्छन्- घरि उता । छिप्पिनसकेको रात । लू लाग्ने तातो हावामा एकरित्त आनन्दको अनुभूति छैन । ‘जानेबेला भइसक्यो, कतिखेर हो …?’

धेरैबेरदेखि मडारिएको सन्नाटाको ‘सिकञ्जा’ तोड्छिन् भाउजू । जोवन हराइसकेका आँखाको लाली फिर्न नसके पनि मनभरि सपना सजाउन कताकता आनन्द मान्छन् रामुदाइ ।

‘अँ जानुपर्ला, जून पनि त गैसक्यो अब …’
एकछिन न रामुदाइ बोल्छन्, न भाउजू बोल्छिन् । राति खान भनी राखेको ब्रुफिन त्यसै खित्त हाँसिरहेछ । खुट्टाको घाउ सहिनसक्नु गरी चहर्‍याइरहेछ ।
‘बा कत्थेल दान्थौ ?’
‘जानुपर्ला विस्तारै..’
‘बित्तुत ल्याइदे है -….’
‘हुन्छ हुन्छ ल्याइदिम्ला..’ शब्द गनीगनी उत्तर फर्काउँछन् रामुदाइ । एकनजर छोरोमाथि दौडाउँछन्– नाकभरि सिँगान, हातमा स–साना विविरा अनि कञ्चनमा हिजोराति पोलेको घाउ । अबोध छोरो खिस्स हाँसिरहन्छ बेलाबेलामा । राति घाउ दुःखेर उधुमले कराएथ्यो छोरो । विस्कुट ल्याइदिन्छु भनेपछि चूप लाग्यो राति– बिहान त ल्याइदिनै पर्छ । उनी चूपचाप छोरो पढिरहन्छन्– भोलिको देशको कर्णधार घाउले बेहाल छ । छट्पटिएको देशको कर्णधार ! औषधि खान नपाएको कर्णधार वेस्मारी दुख्न थालेपछि आमाको काखमा लुटपुटिन जान्छ । एकटक छोरोमाथि छ आँखा । बोल्न सक्दैनन्, हाँस्न सक्दैनन्– हराइसकेको हाँसो । खुट्टाको घाउ उसैगरी चहर्‍याइरहेछ अझै पनि ।
‘दबाई खाइनौ ?’ भाउजू मौनव्रत तोड्छिन् ।
‘भुल्लेछु’
‘दबाई खान पनि भुल्ने मान्छे त कामका छैनौ’ भाउजु भनिरहे । रामुदाइ सुनिरहे ।
‘काममा जान सक्दिन क्या हो’
‘के खाने हो भरे -‘
‘खोलापारि सिस्नो छ, लिएर आइज । म पीठो खोजेर ल्याम्ला ।’ ‘कति दिन चल्छ यसरी ?’ ‘चल्ने बेरसम्म चलाम्, नचले देखाजाला …’एकछिनको वाकयुद्ध । सानो फिष्टेले विस्कुट विस्कुट भनेर उधुमले महाभारत चलाएको छ । किन्न सक्दैनन् । पैसा भए एककिलो पीठो ल्याएर पेट पाल्थे उनी । फिष्टेले त्यो बुझ्दैन– उसलाई त बस् विस्कुट चाहिएको छ– विस्कुट ।पुकार खाएर राता भएका दाँत जोडले घोट्छन् । कुल्ला गर्छन् । फिष्टे कतिखेर हाँस्छ, कतिखेर रुन्छ । विस्कुट खाने लालसाले रातिदेखि उधुमले उफ्रिएको छ । कन्चटको घाउ उसका लागि केही हैन– मानौ ऊ जंगलको सिंह हो– अरु सबै इतर । उसले भोलि देश बनाउँछ । समय बेफ्वाँकले हाँस्यो । धिपधिप टुकीको धिपधिप उज्यालो । रामुदाइ । भाउजू । फिष्टे । र, नअघाएका लामखुट्टे । भित्तामा ३ वर्षघिको क्यालेण्डरले पनि उनीहरुलाई हेदै गिज्याउँदै गर्छ । खोलापारिबाट ल्याएको सिस्नो भक्भक उम्लन्छ, यता पीठोको जोहो गर्न नसकेकोले भाउजू अघिदेखि नै फत्फताइरहेकी छन् । ‘सधैं यस्तै अनिकालमा बाँच्ने हो ?’रकेटलञ्चरभन्दा छिटो शब्दबाणले सोझै रामुदाइलाई ताक्छ ।’मागेर ल्याउन सकिनौ ?”माग्न इमानले दिन्न फिष्टेकी आमा….’घाउ सुम्सुम्याउँछन् । ब्रुफिन खाएपछि अलि बिसेक भएको छ घाउ ।
घुँ … घुँ …. घुँ …. घुँ । लामखुट्टेको साम्राज्य अद्यापि छ ।

‘पट्टीसट्टी लाएर बिहानै जाऊ तिमी सक्दैनौ भने मै जान्छु भारी बोक्न…’

बढी सुन्न सक्दैनन् । नखाएरै सिस्नोले पोल्यो रामुदाइलाई । फिष्टे पनि घरिघरि च्याँच्याँ गरिरहन्छ ।

‘भोलि त जान्छु जान्छु’

‘कहिले आउँछ भोलि ?’

‘आउँछ लोकी आउँछ– गरीबको भोलि पनि आउँछ ।’

‘जुनी बितिसक्यो भोलि कहिले नआएको ….’

सुनिरहन्छन् । गमिरहन्छन् । भाउजूले नदेख्ने गरी आँखाबाट शीत र्झछन् तप्प … तप्प … । घाउभन्दा उधुमले मन दुख्यो । देशको कर्णधार र कर्णधारकी जननी आधा पेटमै रातसँग पैठेजोरी खेलिरहेछन् । एकबार आफैले आफैलाई पढ्छन्– अनिकालमै जीवन गयो, अब त ट्रयाकसुट फेर्नुपर्छ मैले, अब त फिष्टेलाई कखरा सिकाउनुपर्छ मैले …. । यावत । मनमै बिलाए सपना । भाउजूको च्यातिएको चोलो पनि खित्त हाँस्यो ।

(आऊ एकपटक आफ्नो लागि रोऔं । … केबल आँखा फट्टाएर हेरिरहन्छौं । …. हामी खुबै रोऔं । शीरफूल झारिएका मनहरु । यसपालि धित मरुञ्जेल रोऔं । रोऔं आफ्नो लागि, देशको लागि, जनताको लागि र नेपालीको लागि अनि भोलिको लागि । रोऔं भककानिएर ताकि हाम्रो आँसुको बाढीले बगाओस् यो सिंगो रात । आओस् एउटा सुन्दर दिन । नरोएर कहाँ के भएको छ र – माटो नै रहेन भने कहाँ खसाल्ने आँसु । आऊ– आफ्नो माटो छँदै रोऔं …….।तसलिमा नसरिनसँग सापटी मागेथे– नवीन विभाषले । म नवीन विभाषसँग सापटी माग्दै एक अनुच्छेद रोइदिन्छु । एकझल्को अनिकालका रामुदाइको नाममा । एक झल्को कर्णधारको नाममा । अनि एकझल्को भाउजूको नाममा । )

‘मनको घाउ निको हुँदैन कहिल्यै”हुन्छ रामुदाइ हुन्छ… एकबार निको हुन्छ तिम्रो मनको घाउ …’ ड्रामाटिक मोनोलग ।

यस्तै मोनोलगमा म पनि गम्छु एकबार ।

‘अनि भारीको के छ त खबर ?’

‘उस्तै हो, खुट्टा चले भारी पनि बोक्छु …’

‘तिमीजस्तै थला परेको छ देश, देश कहिले बोक्छौ ?’

आदर्शका कुरा हुन् तर आदर्श होइन ।

‘सकुँला देश बोक्न ?’

‘आफ्नो माटो छउञ्जेल सक्छौ बोक्न…’

‘खै कहाँ छ मेरो माटो -‘

‘यै हो तिम्रो माटो र यै हो तिम्रो घर …’ बगरतिर इङ्गति गर्छु …

‘त्यै माटो पनि मेरो छैन ऐले’

‘हुन्छ, एकबार अवश्य हुन्छ रामुदाइ । बस् तिमी सुन्दर सपना देख्दै जाऊ, सुन्दर घर बन्छ बन्छ ।’

उस्तै उम्सो गरिरहेछ । रामुदाइका कथा ‘कलमको सुपो’मा निफन्दै जान्छु । अलिअलि चल्ने पंखाको हावाले अहँ लामखुट्टेको साम्राज्य भत्काउन सक्दैन । तैपनि लाली हराएका रामुदाइको जीवनमा कालो बादलको साम्राज्य फैलन दिन्न । आऊ रामुदाइ…… हाम्रो माटो छँदै रोऔं बेस्मारी ……।

टिरङ……टिरिङ………टिरिङ‘हलो’

‘हजुर …….. ए हुन्छ ल’

‘ए……. दर्ुगा….. फोन छ…..’

घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा । ..अघि जुरुक्क उठ्छु… पछि थचक्क बस्छु । यसपालि पनि बजेन घण्टी- मेरो लागि …. ।

‘रोल्पा जानर्ुपर्छ अब त, यता बसेर हुने छाँटकाँट देखिन्न ….’ एकछिनको अन्तरालपछि सुस्तरी बोल्छन्- रामुदाइ ।

-यी अर्का रामुदाइ हुन्- रामचन्द्र श्रेष्ठ, मेरो नजरका एउटा शालीन कलाकार । अरुले के सोंच्छन्- थाहा छैन)

‘तपाइँको आर्ट सुन्दर छ, सुन्दर आर्ट कोर्नूस्- त्यसैमा जीवन फल्छ…’

‘पत्याउनै छाडे, यस्ताले पनि के बनाउँछ भन्दै हृयाप्याजस्तो गर्छन् यता, विरक्तै लाग्छ’

‘संर्घष्ा भनेको त्यही त हो, दिन त कमिलाको पनि आउँछ, हामी त मान्छे हौं अझ …..’

जोडले बोल्छु -कान अलि कम सुन्छन् रामुदाइ)

‘हुन्न, सकिन्न बस्न । यता थोरै काम छ, भ्याएर जान्छु, जान्छु’

खुइलिसकेको तालु टलक्क टल्किन्छ घाममा । झोलामा बनाइसकेका चित्रहरु एकएक चाँजिएका छन् । राता, पहेंला, हरिया….. अनौठो रंगीन जीवन छ झोलाभित्र । जीवन त्यति रंगीन पनि हुन्छ कलामा । हप्तौं लगाएर बनाएका रंगीन चित्र देखाउँछन् झोलाभित्रबाट- ‘हाम्रो जीवन यस्तो रंगीन हुन सक्दैन कहिल्यै ।’ झोलाबाहिर निन्याउरो मुख लगाएका उही रामुदाइ चुक्चुकाइरहेछन् ।

टिरङ……टिरिङ………टिरिङ

झसंग हुन्छु । बोलिरहेका रामुदाइ के बोलिरहेछन्- पत्तो पाउँदिन क्षणभर ।

‘हलो’

‘हजुर ……..’

अघि र पछिको रीत फेरि दोहोरिन्छ अफिसमा । टिरिङ …. टिरिङ ….. । बसिरहेको मन जुरुक्क उठ्छ । ढोका उघार्छु । -सोंच्छु- यसपालि त आयो नै) ।

‘आयो -‘

‘काँ …. त्रि्रो हैन, शंकर दाइलाई बोलाइदेऊ न’

-सोंच्छु- गिज्याइरहेको दर्ुगाको नाकमा जोडले हान्दिउँ । फेरि सोंच्छु- उसको नाक भाँचे उसको काम पनि मैले नै गर्नुपर्छ, भो छाडिदिउँ….)

खिसिक्क हाँस्छु -देख्छन् सबै) ।

‘ए….. शंकरदाइ…….. फोन छ’

गजक्क परेर शंकर दाइ फोन उठाउँछन् । झनक्क हुन्छु क्षणभर । मस्किदै चश्मा मिलाउँछन् शंकरदाइ । लाग्छ- उनी मलाई गिज्याइरहेछन् ।

‘हलो…… हजुर’

-मलाई पनि उनीजस्तै हलो… गर्ने मन छ एकबार । एकबार उसैगरी मसक्क मस्किन मन छ मलाई पनि)

म पनि मस्किन थाले छेउँमा बसेका रामुदाइको कथा सुन्छ कसले –

वरिपरि हर्ेर्छर्ुुरामुदाइ -उनको आर्टले मेरो मन छोएको छ) आफ्नो आर्टको विषय खोज्दै कल्पिरहेछन् एकनासले । झोलाभित्रको उही रंगीन चित्र सोंच्छु- उनको जीवन पनि यस्तै रंगीन कहिले हु्रन्छ – उनका हातले अर्काको जीवन कोर्छ मात्रै –

‘आफू एक्लै भए त हुन्थ्यो, तिनी दर्ुइटा छोरालाई कसरी पाल्ने – उफ्….. जीवन जीउन साह्रै गाह्रो छ ….’

-बुझ्छु- जीवन त्योभन्दा पनि गाह्रो छ)

जीवनका कभर निकाल्छन् । एक…दर्ुइ….तीन…. ।

‘यत्ति बनाएर जीवन चल्छ र -‘

-म भन्न सक्दिन- चल्छ पनि, चल्दैन पनि)

‘जीवन पनि त कला हो नि । तपाइँले त जीवनलाई बुझ्नुभएको छ । सुन्दर जीवन त तपाइँकै हातमा छ ।’

बुझेजस्तो गर्छन् । उनलाई पनि थाहा छ, मलाई पनि थाहा छ- महिनामा ४ वटा पेन्टिङले मात्रै उनलाई खान पुग्दैन । त्योभन्दा बेसी उनले कोर्नुपर्छ- जीवन फर्ेन ।

‘तर कसले बुझ्छ र आर्टको महत्व यहाँ – पैलापैला त युगबोधले पनि चित्र छाप्दिन्थ्यो, ऐले त त्यो पनि छैन….’

-उनले युगबोधमा चित्र छपाउँदा म भर्खर पत्रिकामा बामे र्सर्दै थिएँ । उतिबेलादेखि उनी उस्तै छन् अहिलेसम्म- निन्याउरो तर सुन्दर सपना आँखाभरि)

‘कलाकारको सबैभन्दा ठूलो धन त उसको सिर्जना हो । यो मानेमा तपाइँ त धेरै धनी हुनुहुन्छ सिर्जनाको…. धनसम्पत्ति त आज छन्, भोलि छैनन्….’

-यो पनि थाहा छ- यस्ता कुरा शब्दमा राम्रा छन्, जीवन त्योभन्दा पनि गाह्रो छ)

टिरङ……टिरिङ………टिरिङ

रामुदाइले बुझिसके- घण्टी बजे कुरा मेट्नर्ुपर्छ क्षणभर । -सरी है …-!)

टिरङ……टिरिङ………टिरिङ

-लाग्छ यसपालि मेरैलागि हो- टिरङ……टिरिङ………टिरिङ)

दौड्दै न्यूज डेस्क पुग्छु । दर्ुगा अघिदेखि मस्किरहेछ ।

इशारामै सोध्छु- इशारामै टाउको हल्लाउँछ दर्ुगाले ।

‘शंकर दाइ……… भाउजूको फोन छ ……….’

-एकतमासले फोन उठाएको हर्ेर्छर्ुुरिसैरिस)

रिस उठ्नु स्वाभाविक हुनसक्छ शायद । लाग्छ- म पनि उनै शंकरदाइ हुन पाउँ एकछिन ।

‘के भो टाउकामा -‘

‘ढोका खोल्दा लाग्यो’

-धेरै बेरसम्म दुखिरहृयो टाउको)

‘कसैको फोन आउँदैछ र -‘

नचाहेरै सोधेजस्तो लाग्यो-

‘हैन काम थ्यो, त्यसैले’

पत्याएनन् -नपत्याए केही छैन)

‘अनि कैले लाग्ने हो तो रोल्पातिर -‘

‘हेरम्….. एकदर्ुइटा चित्र बनाएर दिनुपर्ने छ…. सकेपछि जानुपर्ला ….’

-तिमी नजाऊ रामुदाइ, यहाँ त्रि्रै खाँचो छ । हराइसकेको संवेदना तिमीबाहेक अरु कसले बुझ्छ र यहाँ -!)

तर जानर्ुपर्छ उनलाई ।

-अब त क्यानभास किन्ने पैसा पनि छैन- भनिरहन्छन् रामुदाइ, सुनिरहन्छु म)

‘तपाइँको रामुदाइको कथा एब्स्टूयाक्ट छ, मलाई पनि लेखुँलेखुँ लाग्यो त त्यस्तै….’

-त्यो पनि तिमै कथा हो रामुदाइ)

‘म रामुदाइका कथा लेख्छु- तपाइँ रामुदाइका चित्र कोर्नुुस् । संवेदना हराएका जीवनमा रंगीन क्यानभास सजाउँ हामी’

-तर हाम्रो जीवन फेरिन्न- यस्तै हौं हामी, घस्रिरहेका झुसिल्कीरा)

टिरङ……टिरिङ………टिरिङ

-घण्टी बजिरहन्छ अनवरत । लागिरहन्छ- यसपालि त मेरै हो त्यो टिरिङ…..टिरिङ……)

हत्तपत्त उठाउँछु फोन ।

‘हजुर…….कस्लाई खोज्नुभएको -‘

‘हलो हजुर…….. एउटा विज्ञापन छपाउन थ्यो……’

‘एकछिन् है ……..’

‘शंकरदाइ………. विज्ञापन आयो…….!’

-थामिनसक्नुको रिस उठ्छ मनमा फेरि । पैसा आउने लालसाले गजक्क परेका शंकरदाइ मलाई उसैगरी गिज्याउँछन् फेरि)

तर त्योभन्दा पनि बेग्लै परिवेश छ भित्र- निन्याउरा रामुदाइलाई एकबार धाप मार्छर्ुु’कमल पनि हिलोमा फुल्छ- हामी पनि त्यै हिलोबाट फुल्नर्ुपर्छ अब ।

नोभेम्बर २८, २००५

“हेर त आकाशमा”
टोलाइरहेको दीपकका आँखा आकाशका उल्काहरुमा धेरैबेरसम्म गाडिएका छन् । झिलीमिली आकाशको आफ्नै गति छ यतिखेर ।
“हब्बलले के खिचिरहेको होला नि यतिबेला ?”
“अँ”
“यतिखेर त मङ्गलकै वरिपरि आँखा लगाइरहेको होला हब्बल१ले पनि नि ?”
“अँ”
विचित्रको उत्सुकता देखिन्छ दीपकको अनुहारमा । कान्ति छाएको अचम्मको उत्सुक मुहार । प्रत्येक साँझ उडिरहेका उल्कासँगै आकाशमा उड्नु उसको जीवनको एउटा अचम्मको रीत बनिसकेको छ ।
“हब्बलनजिकै जान पाए …. वाऽउऽऽ…. जीवनमा कहिल्यै पूरा नहुने सपना भयो यार यो त”
“सबै सपना पूरा हुँदैनन् पनि”
“तैँले पनि त सपना देखेको छस् नि, के पूरा हुँदैन त्यो सपना ?”
(यो त्यतिबेला लेखिएको हो, जतिबेला म पनि मनभरि एउटा सपना सजाएर रमाउँथेँ । अहिले त्यो सपना आधाउधी पूरा भइसक्यो ।)
“हुन पनि सक्छ, नहुन पनि सक्छ । हाम्रो घरको रङ नफेरिएसम्म मेरो सपना कसरी पूरा हुनसक्छ ?
“फेरि साइको हान्न लाग्यो यार यल्ले …..”
दुईभाइ घरको छतमा बसेर तमाससँग बात मारिरहेछौँ । जून नआइसकेको अँध्यारो एउटा रात । आकाशमा स्पेस सेन्टर खोज्दै भाइ एकमन आकाशमा आँखा गाडिरहेछ ।
“ऊऽऽ त्याँ चम्किलो देखिन्छ नि- त्यो भेनस हो”
भर्खरको सिकारुझैं मलाई भाइले ग्रहहरु सिकाउँछ- मर्करी, भेनस, अर्थ, मार्स जुपिटर …. ।
बुझे पनि नबुझेजस्तो गरिदिन्छु म ।
“जान सक्किएला त्याँ ?
“चाहे असम्भव त छैन नि ..।”
(कूल दीपक कूल)
(उसलाई थाहा छैन- संसारमा अनेकन असम्भव चिजहरु छन्, चाहेरमात्र पनि हुँदैन । चन्द्रमामा पुगेको सपना देख्ने मेरो भाइ त्यति माथि आकाशमा उड्न सक्छ, सक्दैन म यसै भन्न सक्दिन । हामी त त्यस्ता झुसिल्कीरा हौँ, जसले आफूलाई हरदम जमिनमा घिसारिरहेको हुन्छ ।)
आठ बजिनसकेको एउटा रात । भाइ अनि म । आकाशका असंख्य ताराहरुमा आफ्नो पृथ्वीको अंश खोज्दै हराइरहेका उत्सुक मनहरु । घरिघरि बादलले हाम्रो दृष्टिको सीमा घटाइदिन्छ । क्षणभरमै चल्ने बतासले बादल छरपष्ट हुन्छ- मानौं हाम्रो खेल बतास र बादलको कृपामा खेलिँदैछ ।
“स्पिरिट र अपुर्चुनिटी कहाँ होलान् ? विचरा ! पृथ्वीमा फर्केर अब कहिल्यै आउँदैनन् । त्यत्रो मंगल ग्रहमा एक्लै के गर्दै होलान् नि, एक्लै !
(उसलाई लाग्छ- निर्जीव स्पिरिट र अपर्चुनिटी ऊजस्तै सपना देख्छन् । विरानो मंगल ग्रहमा एक्लैउक्लै घुम्दा दीपकको मुहारबाट कतिकतिखेर चमक हराउँछ । लाग्छ- ऊ पनि उसैगरी मंगल दर्शनमा जाँदैछ छिट्टै ।)
“तिनीहरुको जे मिसन थियो, त्यही गर्दैछन् नि । टिभी हैर्दैनस् ?”
“त्यैपनि, त्यत्रो अनकन्टार ग्रहमा एक्लै के गर्दै होलान् यार ।”
देख्छु- उत्तानो पल्टिएर आकाशतिर आँखा सोझ्याइरहेछ भाइ । एकैछिनमा बादल लाग्यो आकाशमा ।
“यो बादल पनि मान्छेको सेन्टिमेन्टसँग क्या खेलबाड गर्छ नि ?”
“अँ”
“काऽश…. म त्यै बादल भइदिए….. वाऽउऽऽ …. कसम यार, जिन्दगीभरि आकाशमै घुमिरहन्थेँ स्याटेलाइटजस्तै”
“सपना देख्नु नराम्रो होइन, तर सपना त्यसरी देख् जसरी तैँले त्यसलाई पूरा गर्नसक्छस्..”
“लेनिनले भनेको भुलिस् ? जो मान्छे सपना देख्दैन, त्यो पशु हो । हेर्दै जा, एकदिन एस्ट्रोनोमर बनेरै मर्छु बुझिस् !”
“अँ”
(कूल दीपक कूल)
(हरेकपटक नासाको वेवसाइट चहार्ने भाइको एस्ट्रोनोमर बनेर आकाश चहार्ने सपनालाई म उति महत्व दिन्नँ । मलाई थाहा छ- दाङको एउटा कुनामा बस्ने दीपकको त्यो सपना पूरा गर्ने हैसियत मेरो छैन । खुइलिसकेको मेरो घरको रङ नपोत्दासम्म उसका त्यतिबिघ्न ठूला सपनालाई घुम्टो ओढाउने ल्याकत छैन मसँग ।)
केनेडी स्पेस सेन्टरबाट शटल धुवाँ फाल्दैछ यतिबेला । देख्छु- दीपक शीशाको टोपी लगाएर मलाई हात हल्लाउँदैछ । क्षणभरमै हजारौँ मान्छेहरु हुटिङ गर्छन्- दीपक…..दीपक…. । कराउनेहरु असंख्य नेपाली छन् । नौ, आठ, सात, छ, पाँच, चार, तीन, दुई, एक, जिरो …. । क्षणभरमै स्पेश शटल आकाशतिर सोझिन्छ धुवाँ फाल्दै । देख्छु- दीपक हात हल्लाउँदैछ पृथ्वीतिर । म (उसको दाइ) गमक्क फुलेर भाइको सफलताको कथा लेख्न बस्छु । असङ्ख्यहरुको भीडमा म एक्लो अनेकौँ “बाइट”हरु दिइरहेछु क्यालिफोर्नियाको ठूलो घरमाथि ।
लाग्यो- यसपालि घरको रङ पोत्छु कसैगरी ।
क्यालिफोर्निया ….दीपक ….अन्तरिक्षयात्री….नेपाली….
मिलनचोकको एउटा कुनामा बसेको मेरो भाइ क्यालिफोर्नियासम्म पुगेर अन्तरीक्षबाट फर्कियो । हेरेँ- गमक्क परेर अझै आकाशतिर आँखा दौडाइरहेछ ।
“त्यसलाई इभिनिङ प्लानेट भन्छन्”
भेनसतिर औँला सोझ्याउँदै मलाई देखायो दीपकले ।
“नाइन्टी वनको पुच्छ्रेतारा बृहस्पतिमा नठोक्किएर पृथ्वीमा ठोक्किएको भए ?! हामी कहाँ हुन्थ्यौँ होला नि यतिबेला ?”
“हाम्रो अस्तित्व नामेट हुन्थ्यो, अरु के ?”
“अमेरिकालाई त मान्नैपर्छ यार । अमेरिका नभैदिएको भए हामी अहिले कहाँ हुन्थ्यौँ हुन्थ्यौँ ।”
“रुस छ नि, किन डराउँछस्”
“रुस पनि प्रोपोगण्डा फैलाउन ओस्ताज छ । अमेरिकालाई घुर्की देखाउन चन्द्रमामा मान्छे पठायौँ भन्ने त्यही रुस त हो नि । रुस भनेको पनि त्यस्तै हो”
(कूल दीपक कूल)
(नामकै कारण रुससँगको सामीप्यता अलि बढी महसुस गर्छु । लेनिन नाम त्यहीँ जन्मिएको हो र मेरा बाले त्यही नाम सापटी लिएर मलाई चिनाइदिए । विलियम सेक्सपियरले ‘नाममा के छ र?’ भनेपनि मलाई मेरो नाम औधी प्यारो लाग्छ किनकिन । आफ्नो नाम प्यारो नलाग्ने को पो होला र ? धत् म ।)
रुसलाई गाली गरेपछि अलिक रिस उठ्नु स्वाभाविक हो । आफ्टर अल- कम्युनिज्मको सुरुवात पनि त त्यहीँबाट भएको हो नि, भलै त्यो इतिहासको एउटा सानो कालखण्डमा फ्याँकिएको होस् ।)
मंगल ग्रहमा अपर्चुनिटी र स्पिरिट खोजिरह्यो दीपक । म भने मेरो घरको खुइलिएको रङ हेर्दै मनैमन एक्लिरहन्छु । एउटा त्यस्तो दिन पनि आउला, जहिले म मेरो घरको रङ फेरुँला ।
“ए वसन्ते ! दीपक.. आओ छिटो .. भात सेलायो”
आमाको यामानको आवाज सुनेर आकाशबाट ओर्लियो दीपक । स्र्वाररर…..ढ्याक्क ।
फिल्म भएको भए फ्ल्यासब्याक हेर्न मजा हुन्थ्यो । रिभर्स सिन- स्र्वाररर…..ढ्याक्क ।

धेरै दिनपछि आज भाउजू हाँसिन् । धेरै भइसक्यो भाउजूको हाँसो हराइसकेको । लाग्छसंसारबाट हाँसो हराइसक्यो उहिल्यै । मुजा पर्न लागिसकेका गालाका डिलमा धेरै दिनपछि हाँसोले स्वागत पायो । खेलावारिको कटेरामा त्यो हाँसो कति टिक्छ, यसै भन्न सकिन्न । तर, हाँसो क्रमशः ट्वाकट्वाकसँगै हरायो ।‘ए लोकी ! रामे कता गए -‘परैबाट ट्युरीले एकबार हाँक हालिन् ।भाउजूलाई कहिल्यै लागेन- ट्युरी उनीसँग बोलोस् । तीजको दिनदेखि किनकिन विरक्तै लागेर उनले सरापेथिन ट्युरीलाई । आज एकबार फेरि ट्युरीले उनको स्वाभिमानमाथि फालो अड्काई । ट्युरी पनि लोकी भाउजूजस्तै हो- सपना सँगाल्ने मनभरि । उसका स्वामी पनि रामुदाइजस्तै जीवन जीउँछन् । बिहान-दिउँसो-साँझ ट्वाकट्वाक, ट्वाकट्वाक अनि ट्वाकट्वाक । तरपनि ट्युरी उनका लागि वर्गीय दुश्मन हो जसले हरेक पल उनको स्वाभिमानमाथि औलो ठड्याइरहन्छे ।तर परिस्थिति दुबैको अनुकूल छैन ।

भन्छन्- यसपालि पनि तेल बढ्यो रे !

तेलले आकाशमा उड्ने जहाजलाई पनि उछिन्यो रे !

कसरी हाँस्न सक्छन् लोकी भाउजू, ट्युरी र रामुदाइहरु यतिबेला –

कसरी सपना देख्छन् सुन्दर जीवनको यतिबेला –

तर पनि आज हाँसिन् भाउजू ।

हुनसक्छ उनका खसम फर्किए ।

हुनसक्छ उनको छोरो पास भयो जाँचमा ।

हुनसक्छ ट्युरीको ढुंगा बिकेन ।

या हुनसक्छ- हृवात्तै घट्यो तेल ।

उत्तर फर्काउनु छ उनलाई ट्युरीतिर ।

‘मलै के था काँ गए – भनेर गा हुन् र -‘

‘आफ्ना बुडा कता गए, त्यत्ति पनि था हुन्न के हो -‘

‘छैन तो के गरम् -‘

दुबैको घम्साघम्सी पर्ला झैं भयो निमेषभरमै ।

ट्युरीलाई थाहा छ- रामुदाइ कता गएका हुन् । उसलाई थाहा छैन रामुदाइ किन गए र के गर्दैछन् ऐले ।

हुनसक्छ चाल नपाएको होस् ।

तर यससँग भाउजूको कुनै सरोकार छैन ।

भाउजूलाई थाहा छ- रामुदाइ देश बनाउन निस्केका छन् आन्दोलनमा ।

आन्दोलन कस्तो छ, न भाउजूलाई थाहा छ, न फिष्टेलाई । न ट्युरीलाई थाहा छ, न ट्युरीका खसम भन्न सक्छन् रामुदाइ के गर्दैछन् यतिबेला ।

उनी त बस समयसँग लड्दैछन् यतिबेला, जो जेसुकै भनून् ।

तर भाउजू बिहानै हाँसिन् ।

कारण आज फिष्टेले मार्कसिट ल्याएको छ स्कूलबाट ।

मार्कसिट- जसमा फिष्टेेसँगै उसका बाउ र आमाको भविष्य पनि कताकता झल्किरहेछ ।

अलिक दिन भयो रामुदाइ गएको । गएदेखि खबर आएको छैन । अघिल्लोपालि हराउँदा बेस्मारी एक्लिएकी भाउजूलाई यो प्रहर त्योभन्दा पनि गह्रौं लाग्छ । हुनसक्छ- उनका खसम फर्किदा धेरै सन्तुर ल्याएर फर्कियून् । हुनसक्छ फर्किदा झोलाभरि फिष्टेका किताब ल्याइदियून् । तर पनि गौण लाग्छन् ती सबै यतिबेला भाउजूलाई-

उनलाई चाहिएको चिज ऐले यहाँ छैन ।

छैनन् रामुदाइ उनीसामु ।

सुनिदैन बगरवारि- ट्वाकट्वाक, ट्वाकट्वाक र ट्वाकट्वाक ।

खसम नभए त्यो पनि विरक्त लाग्छ भाउजूलाई । खोलावारि ढुंगाको चाङ नदेख्दा राम्ररी नसुत्ने भाउजूलाई आज पनि राम्ररी निद लाग्दैन । आज ढुंगा कताकता गौण लागे- उनलाई त बस् उनै रामुदाइ चाहिएको छ- जसले हरेक पल, हरेक क्षण उनलाई माया गरिरहन्छ ।

तर देशको रेखा कोर्न हिडेका रामुदाइ फर्किएका छैनन्- ऐलेसम्म ।

छोराको मार्कसिट हर्ेन उनी सक्दिनन् ।

फिष्टेले भनेको बुझेरै उनी बिहान हाँसेकी हुन् ।

-हाँस्नु पनि एउटा जीवन हो)

‘बा त आउनुपर्ने हो नि आमा -‘

शून्यबाट झार्‍यो फिष्टेले आमालाई ।

‘आउनुपर्ने त हो तर किन आएनन अझै – गाको पनि ३ दिन हुन लाग्यो’

वरिपरि आमा छोराबाहेक अरु बोलेको सुनिदैन । खोला एकनासले सुसाइरहेछ- आफ्नै गति र आफ्नै जीवन छ खोलाको । खोला तरेर हिड्नेहरु हिडिरहेछन् बिहानैदेखि । पुण्य कमाउन मन्दिर जानेहरु पनि गएकोगई छन् । बिहेको लगनगाँठो कस्न जानेहरुको पनि कमी छैन त्यो बाटोमा । बाटो एउटा छ- जहाँ हरेक जीवनहरु आफ्नो जीवनको रेखा कोर्छन् । त्यस्तै रेखा कोर्छ एउटा जोडी बगरवारि- ट्वाकट्वाक ट्वाकट्वाकसँगै ।

तर जोडीबाट एउटा पात्र तीनदिनदेखि छैन वरिपरि ।

त्यसैले हुनसक्छ जोडीको अर्को पात्रले हाँस्न भुलिसक्यो ।

-दर्ुइ पात्रको मायाको बखान गर्न यो लेखिएको होइन)

तर पनि हाँस्यो एउटा पात्र आज ।

हाँस्यो- खुलेर हाँस्यो- छोराको लागि ।

-हाँस्नु पनि एउटा जीवन हो)

  

  

उभिदिन्छु म पनि एकदिन

सडक, सुनसान मान्छेहरु ।अनि, सुनसान मन ।सुनसान र शून्य समयमा सिल्करुटले गति दिइरहेथे उतिबेला- गीतसँगै ।

र, म पनि उसैगरी शून्य भएछु- गीतसँगै ।

सडकमा मान्छेको हुल बिहानैदेखि कम छ । रातभर ढ्याङ ढ्याङ्ले बिथोलेका मनलाई बिहानको सिरेटोले पट्याइरहेथ्यो- क्रमैसँग । जसरी बिहान आमाले ओच्छ्यान मिलाउँछिन् मेरो घरमा ।

र, म गुजुल्टिरहेको हुन्छु सिरकभित्र । उसैगरी बिहानले समय पट्याइरहृयो क्रमैसँग ।

‘बुवा खै नि -‘ ‘उतै जानुभा’छ’ भाइको इशारा बुझ्छु म -उतै याने बालमन्दिरतिर)

‘कतिखेर -‘

‘अग्गिनै हो’ -रातभर कफर््र्यू सुस्ताएको छैन । बालमन्दिरतिर नजाऊ भन्दै पारिकाले रातभर कप\mर्यू बजाइरहेथे । हिजो मन्त्रीको भाषण सुनेर हच्किएकी मेरी आमालाई हर्ेर्छर्ुुलाग्छ- कान्ति उहिल्यै हराइसक्यो अनुहारबाट । भाउँ दिउँसै कफर््र्यू बजाउने हुन् कि – म सान्त्वना दिन्न आमालाई- यत्ति बलिदानी त दिनर्ैपर्छ आमाले) भाइ अझै पनि सिल्करुट पछ्याइरहेछ- स्पिकरमा ।‘दिउँसै कफर््र्यू लाउने भन्याछन् रे ! क्यै था’पाइस् -‘-आमालाई लाग्छ- मैले सबै बुझेको छु र कफर््र्यू लाउनेले मलाई आएर भन्छन् पहिले)

‘लाए के भो र – ननिस्किए त भैहाल्यो नि’

‘हर्ेर्दैनस् बाउ ब्यानैदेखि नेता बन्न गाको – कहीं नभाको जात्रा……’ -म उनलाई कन्भिन्स गर्न सक्दिन- डराउँछु उनले नै मलाई कन्भिन्स गरिरहेछिन्)

‘कार्ड राख्याछस् -‘

‘छ’

– – –

दिउँसो १२.३० बजे ।भाइ सिल्करुटबाट उक्लिएर एम.एल.टी.आर. सम्म आइपुगेको छ ।र, म सुतिरहेछु पलङमा ।

…….. ‘बसन्ते ˜˜ सुनिस् ˜˜-‘ के ˜’ आत्तिएँ म । ‘पड्क्यो …….’‘काँ -‘‘कुन्नि, हिँत्तिनैस्तो लाग्छ’

र, फेरि उस्तै शून्य । र, फेरि उस्तै सुनसान ।

-पड्किएको सुन्नुमा कुनै नवीनता छैन । राति युगबोधमा छँदादेखि दिउँसो घरसम्मको यात्रामा धेरै पड्किएथे । लाग्छ- हाम्रो जीवन यस्तै ड्याङड्याङले तय गरिरहेछ हरपल, हरक्षण)

एकतारे -! नगरकोटे -! या हुन् कुनै बाबुरामहरु – -एम सिक्सटिन बोक्ने नगरकोटेहरुले टि्रगरबाहेक अर्थोक देख्दैनन्- बुझेको छु । कसरी भनुँ यी हाम्रा दाजु हुन् या हुन् भाइ ? मैले मेरो भाइलाई त्यसरी नै खारामा जलाउनसक्छु ? मैले मेरा दाइलाई उसरी नै नगरकोटमा ढाल्नसक्छु ? सक्दिन र त फरक छ- नगरकोटे र ‘म’मा)हस्याङफस्याङ गर्दै घरअघिबाटै दौडिए कोही कोही । र, पछिपछि देखें- बा पनि उसैगरी दौडिरहेछन् घरतिर ।‘बाँच्च्यो…..!˜˜ ‘उमेश …..˜˜’ के भो र -‘ -आमा बाभन्दा पनि बढी आत्तिरहेछिन्) ‘सङ्गै थिम् ….. ड्यामड्याम पड्क्यो ……. उमेश र धर्नाका एकजना गिरी ढले…….. ‘ -बाले सुनाइरहे- हामी सुनिरहृयौं । नगरकोटेहरुको तस्वीर मनभरि आइरहृयो- झ्याप्प, झ्याप्प, झ्याप्प…) उनै नगरकोटेहरु जो नालापानीमा ढलेको पढ्दा हाम्रा आँखा रसाउँथे । उनै नगरकोटेहरु जो मंसिर ८ गते ढल्दा हाम्रा आमाहरु हुँक्क गर्थे ।र, आज उनै नगरकोटेहरुले नालापानी लडिरहेछन्- आमाको छातीमाथि । अब नगरकोटे ढल्दा मेरी आमाहरु हुँक्क गर्दिनन् । पाल्पामा नगरकोटे ढल्दा घोराहीमा मेरी आमाहरु जीब्रो टोक्दैनन् ।-सुन्छु राति रेडियोले मेरा बाहरुलाई बन्दुक भिराइदिरहेछ । रेडियो भनिरहन्छ- उही….. ।

लाग्छ- एकबार मेरा बाहरुले भिरेका ‘बन्दुक’ लिएर मै जाउँ युद्धमोर्चामा र भन्दिउँ थापालाई- छोराहरु अझै जीउँदै छौं मोर्चामा- अब उमेश थापा बन्ने पालो त्रि्रो हो….।

‘शहीद’ बन्ने अबोध मनहरु न बोले, न एम सिक्सटिन उठाए बालमन्दिरअघि । म त बोल्नसक्छु नि नगरकोटेअघि, म त उभिनसक्छु नि बालमन्दिरअघि ।) र, उभिन्छु पनि एकदिन । उमेशको रगत अझै आलो छ